अहिलेको समयमा हरेक व्यक्तिलाई कुनै पनि कुराको जानकारी छिटो र सहज रूपमा चाहिन्छ। त्यसैले पनि स्मार्टफोनमा आजकाल फोनको लक नै नखोली इमेल, म्यासेज, ह्वाट्सएप, भाइबर, आदि सञ्जालको म्यासेज नोटिफिकेसन मार्फत हेर्न र पढ्न सकिन्छ। यसले तत्काल चाहिने म्यासेज हेर्नलाई सुबिधा त दिएको छ तर सँगै जोखिम पनि छ।
तपाईँले बन्द स्कृन भएको बेला त्यसरी म्यासेज देखिने बनाउनुभयो भने कसैले गोप्य सूचना सजिलै फुत्काउन सक्छ। कसैले पठाएको गोप्य सन्देश अर्को मान्छेले थोरै मात्र भएपनि पढिदिन सक्छ। च्याटमा वा म्यासेजमा पठाइने त्यस्ता सन्देशमा पैसा पठाएको नम्बर, एटिएम नम्बर, आफ्नो सेवा कार्डको जानकारी आदि हुन सक्छन्।
यूएईमा त्यस्ता जानकारीको माध्यमबाट सुरक्षामा समेत समस्या पर्न थालेपछि यूएई सरकारले त्यहाँ बस्ने सबैलाई बन्द स्कृनमा देखिनेगरि कुनैपनि नोटिफिकेसन नराख्न सुझाब दिएको छ।।त्यसरी कुनै गोप्य सूचना वा सन्देश अरूले थाहा पाएमा अफ्ट्यारो हुनसक्ने भएकाले बेलैमा सजग रहन भनेको हो।
के के खतरा हुन सक्छ?
विभिन्न जोखिमहरू जस्तै महत्वपूर्ण जानकारी चोरी हुने, सुरक्षा जोखिम, ठगिने, सूचना हराउने, तथा सम्बन्ध बारेमा अरू कसैले थाहा पाएर गलत फाइदा उठाउन खोज्ने हुन सक्छ। यदि आफ्नो बैङ्क अकाउन्ट सम्बन्धी जानकारी त्यसरी आएर गलत नियत भएको व्यक्ति वा ह्याकरले देखेमा तपाईँको बैङ्क खाता नै ह्याक भएर खाताबाट पैसा चोरी हुनसक्छ।
त्यसैले म्यासेज हेर्न मिल्ने सो फिचर अफ गर्नुहोला र आफ्नो मोबाइलको स्क्रिन लक खोलेपछि मात्र म्यासेज हेर्न मिल्ने बनाउन पर्छ।-ampsubhayatra
Views: 0