‘ग्याल्बो ल्होसार’ सम्पन्न

२०७४ फाल्गुन ४, शुक्रबार १६:०७ गते २०७४ फाल्गुन ४, शुक्रबार १६:०७ गते २०७४ फाल्गुन ४, शुक्रबार १६:०७ गते
UofNaf] Nxf];f/ kj{sf] cj;/df z'qmaf/ sf7df8f}sf] ltgs'g]df cfof]lht sfo{qmddf ;xefuL dlxnfx? . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौँ, ४ फागुन /

हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले ‘ग्याल्बो ल्होसार’ आज मनाएका छन् । विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा आज ल्होसार पर्व मनाए । बाह्र जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चरा वर्ष आजदेखि कुकुर वर्षमा प्रवेश गरेको छ ।

शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्मसंस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सहयोग पुग्ने बौद्ध विद्वान् टीका शेर्पाले जानकारी दिनुभयो ।

केही तामाङ समुदायले आजकै दिन सोनाम ल्होसार पर्व मनाएका छन् । केहीले भने पञ्चाङ्ग निर्णयक समितिले कायम गरेको तिथिमा गत माघ ४ गते सो पर्व मनाएका
थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *