काठमाडौं — इन्टरनेट सर्च इन्जिन गूगलमा अचानक अंग्रेजी शब्द इडियट शब्द खोज्न थालिएको छ ।
गूगलमा यो शब्द खोज्दा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको तस्वीर आउने खबर आएपछि सर्च बढेको हो ।
यो सर्चका विषयमा गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइलाई अमेरिकी सांसदहरूले सोधखोज गरे ।
पिचाइलाई गूगलको राजनीतिक पक्षपातको यो उदाहरण भएको बताइएपछि उनले त्यसलाई अस्वीकार गरे ।
गूगल ट्रेन्डमा इडियट शब्द अमेरिकामा सबभन्दा बढी खोजिने शब्द हो ।
संसदीय सुनुवाइमा रिपब्लिकन सांसद जो लोफग्रेनले पिचाइलाई इडियट शब्द टाइप गर्दा किन ट्रम्पको फोटो देखिएको हो भनी प्रश्न गरे ।
यसमा पिचाइको जवाफ थियो, ‘गूगलको सर्च रिजल्ट अर्बौं कीवर्डको आधारमा आउँछन् जसलाई दुईसयभन्दा बढी कारणको आधारमा श्रेणीविभाजन गरिन्छ । त्यसमा प्रासंगिकता र लोकप्रियताको कसी पनि पर्छ ।’
उनको उत्तर सुनेर सांसद लोफग्रेनले भने, ‘यसको अर्थ कुनै सानो मान्छेले पर्दापछाडि बसेर प्रयोगकर्तालाई के परिणाम देखाउने भनी निर्धारण गर्छ ?’
अर्का एक सांसदले रिपब्लिकन पार्टीको हेल्थ केयर बिलको खबर खोज्दा नकारात्मक खबर मात्र किन देखाइएको हो भनी सोधे । पिचाइले गूगल शब्द खोज्दा पनि पहिला नकारात्मक खबर नै आउने जवाफ दिए ।
इडियट शब्द र राष्ट्रपति ट्रम्पको तस्वीरको सम्बन्ध केही महिनाअघि आएको थियो । त्यतिखेर केही मानिसले बेलायत भ्रमणका क्रममा ट्रम्पको विरोध गरेको थिए । बेलायती प्रदर्शनकारीहरूले अमेरिकन इडियट नामक एक
गीतलाई बेलायतको म्युजिक चार्टमा शीर्ष स्थानमा पु–याइदिएका थिए ।
त्यसपछि रेड्डिट वेबसाइटमा प्रयोगकर्ताहरूले ट्रम्पको छेउमा इडियट शब्द लेखेको लेखहरूको बाढी नै ल्याएका थिएवेबसाइटको इन्जिन डेटाबेसलाई प्रभावित पार्ने प्रयास थियो यो । त्यसलाई गूगल बम्बिङ भनिन्छ ।
संसदीय सुनुवाइका बेलामा सांसदहरू प्रविधिको संसारका बारेमा धेरै जानकारी राख्ने नगरेको थाह हुन आयो ।बिबिसी
Views: 0