११ करोडमा सिनेमा हल निर्माण हुँदै

२०७५ मंसिर २८, शुक्रबार २१:५७ गते २०७५ मंसिर २८, शुक्रबार २१:५७ गते २०७५ मंसिर २८, शुक्रबार २१:५७ गते

विराटनगर : विराटनरस्थित सेन्ट्रल महलभित्र ११ करोडको लगानीमा सिनेमा हल संचालनमा ल्याएको छ।

विशाल ग्रुप, देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा उक्त सिनेमा हल शुक्रबारदेखि संचालनमा आएको हो। १६ हजार २३५ वर्ग फिटमा निर्माण भएको दुई वटा हलको क्षमता ५०० सिट रहेको छ। मल्टिप्लेक्समा उच्च प्रविधिका टुडी र थ्रिडी स्क्रीन डल्वी डिजिटल इफेक्ससहितको जेबीएल ब्राण्डको साउन्ड सिस्टम र वर्ड हेल्थअर्गनाइजेसन गुणस्तरका एसीहरूको रहेको देवनगरा ग्रुपका डाइरेक्टर प्रकास मुन्दडाले जानकारी दिए।

उक्त सिनेमा हलमा चलचित्र निर्देशक तथा निर्माता दिपाश्री निरौला, दिपकराज गिरी, हास्य कलाकार केदार घिमिरेलगायतको समेत उपस्थति रहेको थियो। लगानीकर्ता तीनै ग्रुप विराटनरका व्यापारीक घराना हुन्। सोही ग्रुपले सिनेमा हलसहितका विविध व्यापारिक प्रयोजनका लागि झण्डै १०० करोडको लगानीमा विराटनगर ७ को मेनरोडमा अवस्थित रहेको सिनेमा हलसहितको सुविधासम्पन्न सेन्ट्रल मलको निर्माण भइरहेको छ।

अबको ४० दिनपछि उक्त मलको पनि उद्घाटन हुने मेनेजिङ डाइरेक्टर मुन्दडाले जानकारी दिए। उक्त मलमा झण्डै ४०० जनाले रोजगारी पाउने उनले बताए। मलमा ५० भन्दा बढी सोरुम, रेष्टुरेन्ट, सुपर मार्केट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका विभिन्न सोरुम रहने बताइएको छ।-थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *