स्पेनिस ला लिगा : लेभान्टेको पोस्टमा बार्सिलोनाले हान्यो ५ गोल, मेस्सी गरे ह्याट्रिक
गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको रोमान्चक खेलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । उक्त खेलमा १६ औं खेल खेलेको लिग लिडर बार्सिलोनाले लेभान्टेलाई ५–० को mिराकिलो अन्तरले हराएको छ । स्पेनिस ला लिगाअन्र्तगत गए रातिको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । आफ्नो १६ औं खेल खेलेको लिग लिडर बार्सिलोनाले लेभान्टेलाई ५–० ले हराएर शीर्ष स्थान कायमै राखेको छ ।खेलको ३५ औं मिनेटमा बार्सिलोनाका स्वारेजले गोल गर्दै टिमलाइ अग्रता दिलाए । त्यसपछी खेलको ४३ औं मिनेटमा गोल गर मेस्सीले अग्रता दोब्बर बनाए ।
त्यसपछी दोस्रो हाफमा खेलको ४७ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाइ ३–० मा पुर्याए । त्यसपछी ६० औं मिनेटमा फेरि गोल गर्दै मेस्सीले आफ्नो ह्याट्रिक पूरा गरे ।त्यसपछी खेलको ७६ औं मिनेटमा लेभान्टेका इरिक काबाकोले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटियो ।त्यसपछी खेलको ८८ औं मिनेटमा पीकेले गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।जितसँगै बार्सिलोनाले ३४ अंकका साथ शीर्ष स्थान कायम राखेको छ । ऊ दोस्रो स्थानको सेभिल्लाभन्दा ३ अंकले अघि रहेको छ ।
Views: 0