तपाईको पौष महिना कस्तो हुनेछ ? हेर्नुस मासिक राशिफल ! भेटि स्वरूप भगवानलाई एक शेय र गरौ

२०७५ पुष २, सोमबार १४:४४ गते २०७५ पुष २, सोमबार १४:४४ गते २०७५ पुष २, सोमबार १४:४४ गते

तपाईको पौष महिना कस्तो हुनेछ ? हेर्नुस मासिक राशिफल ! भेटि स्वरूप भगवानलाई एक शेय र गरौ
सोमबार, पौष ०२, २०७५ ८:०१:०४

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –पुस महिनामा आयु तथा सङ्कटको क्षेत्रमा सूर्यले प्रवेश गरेको छ, त्यसैले स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । शङ्कास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला ।

१८ गतेपछि राशीस्वामी शुक्रले सातौ घरमा प्रवेश गर्ने हुँदा महिनाको उत्तरार्द्ध शुभ रहनेछ । बृहस्पति, बुध साथै केतुले पनि शुभफल प्रदान गर्नेछन् । आठौं स्थानको अढैया शनिका कारण वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ ।

आफ्नो योग्यता र प्रतिभामा निर्भर हुँदा राम्रो हुनेछ । अचानक धनसम्पत्ति वा भौतिक उन्नति भने हुनसक्छ । सामान्यतया यस महिनाको ०३, ०४, ११, १२, १३, २०, २१, २२ र ३० गते तपाईंका लागि अशुभ रहने छन् । यस महिना अझ शुभ फल प्राप्त गर्नका लागि शनिबारका दिन पीपलमा पानी चढाउनुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –स महिना सातौ भावमा सूर्य रहनेछ । यसको प्रभावले यो महिना जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ ।

आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । तर तपाईंको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । राशीस्वामी बुध शत्रुस्थानमा प्रवेश गर्ने हुँदा स्वास्थ्य सम्बन्धी कठिनाइ हुनसक्छ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । यद्यपि पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ तर कामको बोझ बढ्नाले थकानको अनुभूति हुनेछ ।सम्भव भएसम्म यात्राबाट जोगिनु नै असल हुन्छ ।

पाँचौ घरको शुक्रको प्रभावले बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । पुराना साथीभाइ र सहयोगीहरूसँग भेटघाट हुनेछ । यस महिना शनिले समेत शुभ फल प्रदान गर्नेछैन । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिना अझ शुभ फल प्राप्त गर्नका लागि भगवती दूर्गाको उपासना गर्नुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –छैठौं घरमा रहेको सूर्यको प्रभावले यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ ।

तर छैटौं भाव झगडा र रोगको घर भएकाले मौसमी रोगको चाप बढ्ने सम्भावना छ, त्यस्तै उधारोमा गएको धन फिर्ता नहुन सक्छ, सचेत हुनुपर्छ । राशीस्वामी चन्द्रमा साथै मङ्गलले भने राम्रो फल दिने छैनन् । आर्थिक पक्षमा हानिको सम्भावना छ ।

पञ्चम भावको बृहस्पतिको प्रभावले आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुनसक्छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, २५, २६, २७ गते तपाईंका लागि अशुभ रहने छन् । यस महिना अझ शुभ फल प्राप्त गर्नका लागि प्रत्येक शनिबार बग्दो पानीमा एक अन्जुली कोइला बगाउनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – भावको सूर्यले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना गर्नेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ ।

आकस्मिक यात्राको अवसर आउन सक्छ । यस महिना वृहस्पतिको प्रभावले घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्दव्यापारको विकासमा पनि धनव्यय हुनेछ । उच्चपदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा पुग्ने सम्भावना छ ।

ख्याति र सम्मानमा अभिबृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ । मङ्गलको प्रभावले भने दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्नेछ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १८, १९, २०, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना अझ शुभ होस् भन्ने उद्देश्यले गणेशजीको उपाशना वा हनुमान चालिसाको पाठ गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –सूर्य चौथो घरमा रहेको छ । यसको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय हो, सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हो ।

त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । बुध र शुक्रले पनि यो महिना शुभ फल नै दिनेछन् । आम्दानीका मार्ग बढ्ने छन् । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ ।

चौथो घरमा रहेको शनिको प्रभावले गर्दा गरेका प्रयासहरूमा असफल हुनाले मानसिक खिन्नता बढ्नेछ । स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । यद्यपि धार्मिक र आध्यात्मिक कार्यमा सहभागी हुँदा कुनै राहतको अनुभूति हुनेछ । सामान्यतया यस महिनाको ०३, ०४, ११, १२, १३, २०, २१, २२ र ३० गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना अझ शुभ होस् भन्ने उद्देश्यले तपाईंले यस महिना शनिबारका दिन कुनै मन्दिरमा गएर ९ जना भिखारीलाई गुलियो भोजन गराउनु पर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –यो महिना उत्कृष्ट रहनेछ । तेस्रो घरमा रहेको सूर्यको प्रभावले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ ।

सामाजिक र परोपकारी काममा सहयोग लिन/दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ । शुक्र साथै बुधले समेत शुभ फल प्रदान गर्नेछन् । तर सूर्य र शनिको युति रहनाले दाजुभाइसँगको सम्बन्ध बिग्रिन सक्छ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना अझ शुभ होस् भन्ने उद्देश्यले तपाईंले महालक्ष्मीको उपासना गर्नुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –यस महिना धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ, त्यसैले बढी रौसिनु हुदैन ।

पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । राशीस्वामी मङ्गलले पनि राम्रो फल दिने छैन । आफ्नो घरमा रहने बृहस्पतिको प्रभावले भने यस महिना मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ ।

आम्दानीका मार्ग बढ्ने छन् साथै योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, २५, २६, २७ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना अझ शुभ होस् भन्ने उद्देश्यले तपाईं बालबालिकालाई मिठाई बितरण गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –तपाईको राशीमा सूर्यले प्रवेश गर्ने हुनाले सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस महिना धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ ।सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ ।

सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । मङ्गलले पनि शुभ फल प्रदान गर्ने देखिन्छ । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ ।

राशीस्वामी वृहस्पति र केतुले भने राम्रो फल दिने छैनन् । कुनै काममा पनि लगाव नहुनाले आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । जतिसक्दो यात्राबाट जोगिनु बेस हुनेछ साथै स्वास्थ्यप्रति ध्यान पुर्याउनु पर्छ । सामान्यतया यस महिनाको ०१, ०२, ०९, १०, ११, १८, १९, २०, २८ र २९ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना अझ शुभ होस् भन्ने उद्देश्यले कुलपितृको उपासना गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –सूर्य बाह्रौं सूर्यको प्रभावले यस महिना क्षणिक गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठिक हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । मनमा कुविचार आउने छन् र दुर्जन, व्यभिचारी र फटाहाहरूसँग सङ्गत हुनसक्छ ।

प्रेम जीवन निरश हुनसक्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल हुनेछैन । शनिले समेत राम्रो फल दिने छैन । शुक्र र बुधले भने शुभ फल दिनेछन् । आफ्नो व्यापार/व्यवसायलाई बढाउने र चम्काउने अवसर मिल्नेछन् ।

विपरीत परिस्थितिलाई कुशलतापूर्वक निराकरण गर्नुहुनेछ । विलासिताका सामाग्री खरिद गर्दा धनव्ययको सम्भावना छ । व्यापारिक लाभका लागि यात्राको सम्भावना छ । सामान्यतया यस महिनाको ०३, ०४, ११, १२, १३, २०, २१, २२ र ३० गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना शुभ फल प्राप्त गर्न यस महिनाको कुनै शनिवारका दिन शनि मृत्युञ्जयको पाठ गराउनु यथासक्य अनिवार्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –उत्कृष्ट महिना रहेको छ । सूर्य एघारौं घरमा रहने हुँदा इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा यस महिनाको आगमन भएको छ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा/प्रशंसा पाउने योग छ । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ ।

यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । शनि, बुध, राहु र शुक्रले समेत शुभ फल नै प्रदान गर्नेछन् । थोरै मात्र प्रयास गरेर आम्दानीका मार्ग बढाउन सकिन्छ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ ।

बाह्रौ केतु रहेकाले यस महिना दुर्घटनाको भय भने रहनेछ । सामान्यतया यस महिनाको ०५, ०६, ०७, १४, १५, २३, २४ र २५ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना अझ शुभ होस् भन्ने उद्देश्यले तपाईंले दूर्गा उपासना गर्नुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –दसौं घरमा रहेको सूर्य को प्रभावले अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरीआएको काममा बढुवा वा प्र्रगति हुनेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ ।

दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । नवौं घरको वृहस्पतिले अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनेछ ।

बाह्रौं मङ्गलले गर्दा प्रतिकूल परिस्थिति र कठिनाइको सामना गर्नु पर्नेछ । स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । सामान्यतया यस महिनाको ०७, ०८, ०९, १६, १७, २५, २६, २७ गते तपाईंका लागि अशुभ रहने छन् । यो महिना अझ शुभ होस् भन्ने उद्देश्यले तपाईंले गणेश कवचको नित्य पाठ गर्नुपर्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed