ओमप्रकाश गुप्ता
लमही ९ फागुन । महिला तथा पछाडी परेका समुदायको सामाजिक तथा सांस्कृतिक अधिकार प्रवद्र्धनमा लमहीमा संञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष हरि नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला भुमि अधिकार मञ्चका संयोजक रेमन्त चौधरी, पत्रकार केपी घिमिरे, लिला शाह, दिवाकर पोख्रेल, लगायतले बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा महिला तथा पछाडी परेका समुदायको सामाजिक तथा सांस्कृतिक अधिकारका कार्यक्रम संयोजक दिपेन्द्र भुजेलले विषय प्रवेश गराएका थिए । कार्यक्रममा फिल्डमा गएर अन्तरक्रिया गर्ने निर्णय गरिएको छ । उक्त कार्यक्रममा नेतृत्व विकास र चेतना विकासको लागि रेडियोहरुमा समन्वय गरेर पि.एस.ए बजाउने निर्णय गरिएको छ । आई एम स्वाडीस डेभलपमेन्ट पार्टनरको सहयोग र स्वान पावर परियोजनाकोे आयोजनामा सम्पन्न कार्यक्रमको समापन स्वान संस्थाका बोर सदस्य राममोती चौधरीले गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार दशरथ घिमिरेले गरेका थिए ।
Views: 0