अमेरिकालाई मुसाको चुनौती

२०७५ पुष ७, शनिबार १५:५० गते २०७५ पुष ७, शनिबार १५:५० गते २०७५ पुष ७, शनिबार १५:५० गते

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका अहिले मुसाको आतंकसँग जुधिरहेको छ । अमेरिकामाथि मुसाले धावा बोलिरहेको विषयलाई लिएर सोसल मिडियामा मजाकका साथ उडाइएको छ ।

अमेरिकाको राजधानी वासिंटनमा मुसा आतंक बढेको छ । वासिंटनका गल्लीहरुमा घुमिरहेका तथा खाने कुराको खोजीमा फोहोर दानी आसपासमा झुम्मिएका मुसाको संख्या बढिरहेको छ ।

समाचार अनुसार वासिंटन डीसीमा हरेक ५ फिटको दूरीमा औषतमा एउटा मुसा देखिन्छ । राष्ट्रपति निवासको चौरमा समेत मुसाको बथान देखिन्छ बेला बेलामा ।

फक्स न्यूजका एकजना पत्रकारले ह्वाइट हाउसको चौरमा मुसा देखेको विषयमा ट्वीट गरेपछि उनको ट्वीट निकै चर्चित भयो । मानिसहरुले सोसल मिडियामा अनेक खालका टिप्पणी गर्न थालेका छन् । कतिपयले त मुसा जागिर माग्नका लागि ह्वाइट हाउसमा गएको तर जहाज डुब्न लागेको देखेर फर्किएको भनी टिप्पणी गरेका छन् ।

अमेरिकामा मुसा आतंक फैलिएको यो पहिलोपटक भने होइन । सन् २०१५ मा न्युयोर्कको सडकमा यसैगरी मुसा आतंक मच्चिएको थियो ।

वासिंटन डीसीले हरेक वर्ष मुसा नियन्त्रणमा धेरै धनराशि खर्च गर्ने गर्दछ । तर पनि मुसाको नियन्त्रणमा सफलता प्राप्त हुन सकेको छैन ।

– अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *