के तपाईमा घुर्ने समस्या त छैन ? अपनाउनुस यि उपायहरु

२०७५ पुष ७, शनिबार २०:४१ गते २०७५ पुष ७, शनिबार २०:४१ गते २०७५ पुष ७, शनिबार २०:४१ गते

हामी मध्ये धेरैमा घुर्ने समस्या हुन सक्छ । घुराईको कारणले सँगै सुत्ने व्यक्तिको समेत निन्द्रा बिग्रीरहेको हुन्छ । कहिलेकाही घुर्नुलाई सामान्य मानिन्छ तर नियमित घुर्नु भनेको स्वस्थयका दृष्टिकोणले पनि निकै हानिकारक मानिन्छ । दैनिक जिन्दगीमाका विभिन्न कारणहरु ठिक समयमा खाना नखाने, आरामको कमी, रक्सी तथा चुरोटको सेवन पनि घुर्ने कारण हुन सक्छन् । समयमा नसुत्ने, तौल बृद्धिले तथा अस्वस्थ जिवनयापन पनि घुर्नेको कारण हुन । दैनिक भागदौड तथा काम पश्चात रातको समयमा आरमको अवस्थामा तपाईको घुराईले गर्दा तपाईको साथी वा परिवारको सदस्यलाई समेत आरमदायी निन्द्रामा समस्या आउछ । तर यो तपाईलाई थाहा हुदैन कि तपाई घुर्दै हुनुहुन्छ कि नाई ।

के तपाई आफनो कारणल अरुको निन्द्रा बिग्रीएको त छैन ? यदि छ भने तल दिइएका केही उपाय हरु अपनाउनुहोस । पहिला यो पनि जानौ न किन आँउछन यस प्रकारको अनौठो आवाजहरु । यसको मुख्य कारणहो तर्पाइको शरीरमा अक्सिजन पुर्याउने बाटो सानो हुनु । जसले गर्दा तपाईको घाँटीको पछिल्लो भाग साघुरो हुन्छ, जसले गर्दा अक्सिजन साघुरो नली हुदै शरीरीमा पुग्छ । यस क्रममा वरपरका टिशुमा कम्पन पैदा हुन्छ जसबाट आवाज निस्कन्छ । तपाईको घुर्ने बानीलाई कसरी हटाउन सकिन्छ । केही उपायहरुको बारेमा छलफल गरौ ।

१) तौल कम गर्ने
मोटोपनले गर्दा घाँटीमा बोसोको मात्र बढ्न जान्छ जसले गर्दा स्वासप्रश्वासमा केही कठिनाई पुग्न जान्छ, जसले गर्दा पनि घुर्ने हुन सक्छ । तयसैले नियमित व्यायाम गरी तौल कम गर्नु जरुरी हन्छ ।

२)धुम्रपान तथा रक्सी सेवन नगर्ने
धुमपान गर्दा घुर्ने समस्या अधिक हुन्छ। धुमपानले वायुमार्गको झिल्लीमा असर पुर्याउने गर्छ। यसले नाक र गलामा हावा जानबाट रोक्छ। यस कारण घुर्ने समस्याबाट मुक्त हुन चाहानु हुन्छ भने धुमपान तथा रक्सी सेवन त्याग्नुस्।

३) समयमै सुत्ने
अवेरसम्म नसुत्ने कारणले पनि तपाईको घुर्ने समस्या देखिएको हुन सक्छ । त्यसैले दैनिक ७ , ८ घण्टाको निन्द्रा आवश्यकता पर्दछ ।

४) दम तथा चिसो
दम तथा चिसोको कारणले पनि घुर्ने समस्या देखा पर्दछ । त्यसैले दम तथा चिसो बाट जोगिनु भएमा घुर्ने समस्या निवारण हुन्छ ।

५) स्वस्थ जिवनयापन
खराब दैनिकीको कारणले पनि घुर्ने समस्याले सताउछ । त्यसैले ठिक समयमा खाने, आराम गर्ने, चुरोट नपिउने, नियमित व्यायाम गर्नु जरुरी हुन्छ ।

६) सिरानीको परिवर्तन
कहिलेकाहि सिरानीको कारणले पनि घुरने समस्या देखा पर्दछ । सुत्दा असहज हुने खालको सिरानीको प्रयोग गर्नु हुदैन र केही अग्लो सिरानीको प्रयोगले घुरने समस्या कम हुन्छ ।

७ं) उपचार गर्ने
घुरने कारण पत्ता लगाएर त्यसको उपचार गर्न पनि सकिन्छ । बिभिन्न औषधी तथा शल्यक्रियाको माध्यबाट पनि यो समस्या समाधान गर्न सकिन्छ ।

-लाइभमाण्डौ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *