छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्युटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन । त्यसका लागि घरमै पाइने केही घरेलु विधि गर्नु भयो भने प्राकृतिक रुपमा नै तपाइले त्यस्तो फाइदा पाउन सक्नु हुन्छ । त्यसका लागि अण्डा निकै फाइदाकारी भएको पाइएको छ । एक अध्ययन अनुसार अण्डाको बोक्राले छालालाई निकै फाइदा पुर्याउँछ ।
अण्डाको बोक्रामा पाइने प्राकृति एसिड र गुणले छालाको सफाई गर्दै त्यसलाई चम्किलो बनाउँछ । त्यसकारण अर्कोपटक अण्डाको बोक्रालाई फाल्नुभन्दा पहिले एकपटक अवश्य पनि सोच्नुहोस् ।
छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेष्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र पछि सफा पानीले धुनुहोस् । अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ
Views: 0