प्रहरी चौकी सिसहनियाँको भवन शिलन्यास

२०७४ फाल्गुन १०, बिहीबार १७:४५ गते २०७४ फाल्गुन १०, बिहीबार १७:४५ गते २०७४ फाल्गुन १०, बिहीबार १७:४५ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ १० फागुन । देउखुरीको सिसहनियाँमा विहिवार प्रहरी चौकी सिसहनियाँको भवन शिलन्यास गरिएको छ । भवनको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पुजापाठ गरी शिलन्यास गरेका हुन् । भवनको शिलन्यास गर्दै अध्यक्ष सुवेदीले सवैको साथ र सहयोग भए मात्र भवन निमार्णले गती लिने बताएका छन् । साथै उनले गाउँपालिकाबाट गर्नु पर्ने सहयोगमा कुनै पनि कमीकमजोरी नरहने बताएका छन् । नेपाल सरकार अन्तर्गत प्रहरी प्रधान कार्यालयबाट मंसिर ३० गते प्रहरी चौकीको इजाजत पाए पछि । भवनको निमार्ण हुन लागेको हो । राप्ती गाउँपालिका ५ प्रगतीनगर सिसहनियाँका समाजसेवी पदम ज्ञवालीले बजार देखि उत्तर दालाइखोला नजिकमा साढे ५ कठ्ठा जग्गा उपलब्ध गराएपछि भवनको निमार्ण हुन लागेको प्रहरी चौकी सिसहनियाँका प्रमुख मिनबहादुर खातीले जानकारी दिएका छन् । १ तले ६ कोठा रहने भवन चैत्र १० गते भित्र सम्पन्न हुने बताइएको छ । चौकी स्थापनाका लागि वडा अध्यक्ष गोवर्धन रावत, समाजसेवी तथा बुद्धिजिवी शान्तराज भण्डारी र तुलसी गौतमले आफनो खर्चमा काठमाण्डौ डेलिकेशन गए पछि सो माग पुरा भएको वडा अध्यक्ष रावतले बताएका छन् । भवन निमार्णका लागि हाल सम्म प्रहरी प्रधान कार्यालयबाट ६ लाख, अनक कन्टकशनबाट १०० बोरा सिमेन्ट, शंकरनाथ योगीबाट नगद ५० हजार लगायतका सहयोगदाताबाट सहयोग प्राप्त भएको बताइएको छ । भवन शिलन्यास कार्यालय राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बा चौधरी, जग्गादाता पदम ज्ञवाली र प्रहरी चौकी सिसहनियाँका प्रमुख मिनबहादुर खाती लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भवन निमार्ण उपभोक्ता समितिका सचिव शान्तराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *