भालुवाङ महोत्सवलाई गायक रमेशराज भट्टराइले तताए भोली आधुनिक गायक प्रमोद खरेल आउने,महोत्सव समेत समापन हुने

२०७४ माघ ९, मंगलवार १६:५४ गते २०७४ माघ ९, मंगलवार १६:५४ गते २०७४ माघ ९, मंगलवार १६:५४ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ९ माघ । देउखुरीको भालुवाङमा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को मंगलवार बाह्रौ दिनको महोत्सवलाई चर्चित आधुनिक गायक रमेशराज भट्टराईले बेहुला बनाउछु भन्थ्यौ बहुला बनाएर गयौं,माया लाको उनले र मैले दुनिया के सवाल भो आज पनि पापी शहरमा बबाल भो बबाल भो जस्ता गीतले दर्शकहरु छमछमी नाचेका मात्र थिएनन् । मञ्चनै धुलाम्मे भएको थियो । त्यस्तै लोकदोहरी गायिका टिका तारमीमगरले बाछीले धान खायो जस्ता गित गाएर दर्शकहरुलाई नचाएका थिए । भने लोकपप गायक टंक तिमिल्सीनाले लोकपप गीतले दर्शकहरु रमाएका थिए । महोत्सवको बाह्रौ दिनमा करिव ५ हजार बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् । महोत्सवको बाह्रौ दिनमा चर्चिच आधुनिक गायक भट्टराई सँगै लोकपप गायक टंक तिमिल्सीना, लोकदोहरी गायिका टिका तारमी मगर र मोडेल लोशिना लामिछाने सहितका कलाकारहरुले भरिपूर्ण मनोरञ्जन दिएका थिए । महोत्सवको माघ १० गते तेह्रौ तथा अन्तिम दिनमा चर्चित आधुनिक गायक प्रमोद खरेल, मोडेलहरु सुरक्षा सेरपाइली र विपास्ना विसी लगायतका कलाकारहरु आउने महोत्सवका निर्देशक विराज बिष्टले जानकारी दिएका छन् । यसै बिच महोत्सवको माघ १० गते दिउसो २ बजे एक कार्यक्रमका बिच समापन गरिने आयोजकले बताएको छ । महोत्सवको समापन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गर्ने आयोजकले जानकारी दिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *