मिनिट्रक र मोटरसाइकल ठोक्किँदा दम्पतीको मृत्यु

२०७४ माघ १५, सोमबार ०५:१० गते २०७४ माघ १५, सोमबार ०५:१० गते २०७४ माघ १५, सोमबार ०५:१० गते

सल्यान

सल्यानमा मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक दम्पतीको ज्यान गएको छ । आइतबार बेलुका उकालोमा स्टाट बन्द भएको मिनिट्रकसँग मोटराइकल ठोक्किएको हो ।

उकालोमा स्टाट गर्ने प्रयासमा रहेको रा १ ख ९३९ नम्बरको मिनिट्रकसँग पछाडिबाट आएको रा ३ प ८५९६ नम्बरको मोटसाइकल ठोक्किएको हो ।

दुर्घटनामा मोटसाइकलमा सवार रुकुमको मोराबाङका ३२ वर्षे दीलिप बुढा र उनकी श्रीमती ३० वर्षे सम्झना पुनको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा राति सवा ९ बजे ज्यान गएको हो । दुवै सवारी साधान अहिले प्रहरीको नियन्त्रणमा छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *