कुलपानी सामुदायिक वनको साधारण सभा

२०७४ माघ १६, मंगलवार १६:३१ गते २०७४ माघ १६, मंगलवार १६:३१ गते २०७४ माघ १६, मंगलवार १६:३१ गते

ओमप्रकाश गुप्ता
देउखुरी १६ माघ । देउखुरीको गढवा गाउँपालिका १ बड्हराको२४ औँ वार्षिक साधारण सभा मंगलवार बड्हरामा सम्पन्न भएको छ । समुहका अध्यक्ष देवलाल यादवको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुुख आतिथ्यतामा तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र सेक्टर वन कार्यालय गढवाका वन अधिकृत चन्द्रवीर गुरुङको विशिष्ट आतिथ्यतामा भएको सभामा वार्षिक प्रगती प्रतिवेदन समुहका सचिव नवराज शर्मा र आर्थिक प्रतिवेदन समुहकाकी कोषाध्यक्ष विष्णुमाया बस्यालले प्रस्तुत गरेका थिए । समुहका उपाध्यक्ष राकेश बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला वन महासंघका सदस्य हरि सुवेदी, गढवा सामुदायिक वन समन्वय समितिका अध्यक्ष उमाकान्त पन्त,सेक्टर वन कार्यालय गढवाका लालबहादुर भण्डारी, जनशक्ति सामुदायिक वनका अध्यक्ष चित्रबहादुर महतरा, आधारभुत विद्यालय वनघुस्रीका प्रअ राजितराम यादव र सु शासनका लागि नागरिक समाज गोवरडिहाका संयोजक खगेश्वर शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा समुहका ३२ जना जेष्ठ नागरिक,एकल महिला र विभिन्न खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गर्नुका साथै प्रमुख अतिथि, विशिष्ट अतिथि र राप्ती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन समुहका सचिव नवराज शर्माले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *