पिपरखुटीमा कष्ट्रम हायरिङ तथा पोष्ट हार्वेष्ट सेन्टरको स्थापना प्रमुख जिल्ला अधिकारी श्रेष्ठद्धारा उद्घाटन

२०७४ माघ २१, आईतवार १५:५७ गते २०७४ माघ २१, आईतवार १५:५७ गते २०७४ माघ २१, आईतवार १५:५७ गते

ओमप्रकाश गुप्ता
देउखुरी २१ माघ । देउखुरीको राप्ती गाउँपालिका ४ पिपरखुटीमा कष्ट्रम हायरिङ तथा पोष्ट हार्वेष्ट सेन्टरको निमार्ण कार्य हालै सम्पन्न भएको छ । सुपरजोनमकैबाट ११ लाख २४ हजार ९ सय ५९ रुपैयाँ ६७ पैसा, जुनकिरी कृषक समुहको १ लाख ९७ हजार ३ सय ६१ रुपैयाँ १५ पैसा र कन्टन्जेन्सीबाट ५९ हजार २ सय ८ रुपैयाँ ४० पैसा गरी कुल १३ लाख ८१ ह्जार ५ सय २९ रुपैयाँ ४१ पैसाको लागतमा सेन्टरको स्थापना भएको हो । मकै  खे तीलाई प्रबद्र्धन गर्दै  बाहिर बाट हुने  आयात र ो क्ने  उद्दे श्यले  दाङमा सुपर जो न कार्यक्रम लागु गरि एको  छ । स् वदे शी सो च, लगानी र  प्रविधि सहयो गमा दाङको  दे उखुर ीका साविकको लमही नगर पालिका, सतवरिया  सिसहनिया र  लालमटिया गाविसमा पहिलो  वर्ष कार्यक्रम लागु गरि एको  छ । यसै बिच सेन्टरको आइतवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जुनकिरी कृषक समुहको आयोजना एवम् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(सुपरजोन) कार्यान्यन इकाई लमहीको आर्थिक सहयोगमा सेन्टरको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले उद्घाटन गरेका छन् । सेन्टरको उद्घाटन गर्दै प्रजिअ श्रेष्ठले सुपरजोन मकै खेतीबाट किसानहरु आत्मनिर्भर बन्न सक्ने भएकाले यस तर्फ अन्य किसानहरुलाई पनि समेटर लग्न सुझाव दिएका थिए । कृषक समुहका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिपक शर्मा, सुपरजोनका वरिष्ठ कृषि अधिकृत महेश रेग्मी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, समाजसेवी तथा बुद्धिजिवी मता केसी, जुद्धबहादुर कार्की लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समुहका सदस्य दधिबहादुर पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समुहका सचिव बालाराम कुमालले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *