स्थायि राजधानि दाङ बनाउन दङ्गालिको आग्रह
घोराही, माघ २३ । बुधवार हुने राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न प्रदेशभरीका मतदाताहरु दाङ आइपुगेका छन् । निर्वाचनकाक्रममा आएका एमालेका उपमहासचिव विष्णु पौडेल, नेपालि काग्रेसका नेता वालकृष्ण खाँण, नेकपा माओवादिका नेता टोपबहादुर रायमाझी, एमाले नेता शंकर पोखरेल, माओवादि नेता कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, पुर्व सभामुख ओनसरी घर्ति लगायतका एमाले, काग्रेस र माओवादिका नेता, प्रदेश सांसद तथा स्थानिय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखलाई दाङमा भब्य स्वागत गरीएको छ । पाँच नम्बर प्रदेशको अस्थायि मुकाम दाङ वा वुटवल भन्ने विषयमा विवाद भइरहेको वेला प्रधानमन्त्रि शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायि मुकाम तोकेको थियो । दाङको त्यसको विरोध गर्दै आन्दोलनमा रहदै आएको छ ।
स्थायि राजधानिको पर्खाइमा रहेको दाङलाई राष्ट्रिय सभाको निर्वाचनलाई महत्वपुर्णरुपमा सदुपयोग गर्ने दङ्गालि नेता,जनताहरुको योजना छ । राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न आएका प्रदेश भरीका पाँहुनाहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघ, दाङका सम्पुर्ण स्थानिय तहका प्रमुख उपप्रमुखले स्वागत गरेका हुन् । उद्योग वाणिज्य संघका पदाधिकारी, नागरीक समाजका पदाधिकारीहरुले उनिहरुलाई स्वागत गर्दै स्थायि राजधानिका लागि दाङ रोज्न र दाङको पक्षमा माहोल बनाइदिन आग्रह गरेका थिए । उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रशाद भुसाल लगायतका जिल्लाका अगुवाहरुले प्रदेशभरीका पाहँुनाहरुलाई स्वागत तथा सत्कार गरेका थिए ।
राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट भोलि दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन्।
एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले मतदान गर्ने र अर्को मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ।
जिल्लामा आवश्यक मतपत्र पनि आइसकेको र सुरक्षा व्यवस्थालगायत सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए।
प्रदेश नं ५ मा ३०५ मतदाता छन्। यस प्रदेशबाट आठ सदस्य निर्वाचित हुने र यसअघि तीनजना महिला निर्विरोध निर्वाचित भइसकेका कारण अब पाँचजना निर्वाचित हुन बाँकी छ। पाँचजनाका लागि अहिले आठजना चुनावी प्रतिस्पर्धामा छन्।
Views: 0