राष्ट्रिसभाको निर्वाचन आज घोराहीमा हुँदै

२०७४ माघ २४, बुधबार ०५:४३ गते २०७४ माघ २४, बुधबार ०५:४३ गते २०७४ माघ २४, बुधबार ०५:४३ गते

प्रदेश अनलाईन खबर

दाङ, २४ माघ

आज नेपालका ६ प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ । दुई नम्बर प्रदेशमा सवै पदमा निर्विरोध भएपछि बाँकी ६ प्रदेशमा निर्वाचन हुन लागेको हो । जस अन्तर्गत पाँच नम्बर प्रदेशको पनि आज घोराहीमा निर्वाचन हुँदै छ । घोराहीको कर्मचारी मिलन केन्द्रको प्रांगनमा निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान बाहेक राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा हुनुका साथै शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएकाले मतदानमा ढुक्क भएर सहभागी हुन मतदाताहरुलाई कार्यालयले आह्वान समेत गरेको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने व्यवस्था रहेको छ । प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । पाँच नम्बर प्रदेशवाट पनि ८ जना निर्वाचित हुनेमा तीन महिला यस अघि नै र्निविरोध भएकाले दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना गरी पाँच पदमा निर्वाचन हुन लागेको छ । निर्वाचनका लागि आयोगले सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन लागेको छ ।
निर्वाचनमा स्वतिक चिन्ह प्रयोग हँुदैन
विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वतिक चिह्नको प्रयोग हुने छैन । मतदानका लागि प्रदेश सभाका सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रङ्गको मतपत्रमा मत सङ्केत गर्ने छन् । तीन महिला र अन्य ३ सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनि प्राथमिकता तोक्नुपर्ने छ भने महिला १ र अपाङ्गता भएका वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक (राइट) चिह्न संकेत गर्नुपर्ने छ ।
निर्वाचन भएको प्रमाणपत्रका आधारमा मतदान गर्न पाइने
निर्वाचनमा निर्वाचक मण्डल (इलोक्टोरल कलेज) को अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आपूm निर्वाचित भएको प्रमाण पत्र हराएमा वा बिग्रिए नासिएको भएमा मतदाताको मताधिकारलाई सुरक्षित गर्न स्थानीय तह निर्वाचन वा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ का लागि आयोगबाट जारी मतदाता परिचयपत्र कार्यालयको मतदाना परिचय पत्रको आधारमा पनि मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।
मतदान सकिएलगत्तै मतगणना 
मतदान सकिए लगत्तै मत गणना कार्य सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तीन बजे मतदान सकिए लगतै निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने मतदान अधिकृत रावलले जानकारी दिए । मतगणना कार्यलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आयोगले ६ वटै प्रदेशमा सहयोग गर्न टोलीसमेत खटाएको छ । आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको आयोगले जनाएको छ ।
पाँच नम्बर प्रदेशमा क कस्को हुँदै छ प्रतिष्पर्धा ?
यस प्रदेशमा राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका महिला सदस्यमा एमालेकी कोमल वली, मिना बुढा तथा काग्रेसकी अनिता देवकोटाको विरुद्धमा दाबी बिरोध नपरेपछि उनीहरुलाई माघ १५ गते निर्विरोध निर्वाचित भएको घोषना गरिएको थियो । अव पाँच वटा पदका लागि बाँकी आठ जनाको प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमालेको तर्फबाट पश्चिम नवलपरासीका रामलखन हरिजन दलित कोटाबाट, रुपन्देहीका खिमलाल भट्टराई अन्यबाट, नेपाली काँग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय अन्य बाट, बाँकेका मैकुलाल बाल्मिकी दलित कोटाबाट र पुर्वि रुकुमका लुटबहादुर खत्रि अपांग कोटाबाट नेकपा माओबादी केन्द्रको तर्फबाट रोल्पाका राजकुमार कुँवर अपांग कोटाबाट र अर्घाखाँचीका चन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाको तर्फबाट दाङका रश्मीराज नेपाली चुनावी मैदानमा छन् । देशभर ५९ जना सदस्य रहने राष्ट्रियसभामा ५६ जना निर्वाचित हुनेछन् भने बाँकी ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

कशरी गर्ने मतदान ?
निर्वाचन आयोगले चार प्रकारका सदस्यलाई निर्वाचन गर्नका लागि ८ प्रकारका मतपत्र तयार गरेको छ । राष्ट्रियसभा निर्वाचनमा तीन अन्य, तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकका लागि दुई÷ दुई वटा मत पत्र हुने छन् । प्रदेश सभा सदस्यका लागि सवै पदमा एक÷एक वटा र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि सवै पदमा एक÷एक वटा छुट्टै मतपत्र हुने छन् । प्रदेश सभा सदस्यहरुको लागि एउटा मतदान केन्द्र र एक प्रकारको मत पत्र र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि अर्को मतदान केन्द्र फरक प्रकारको मतपत्र हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अन्य समूहका उम्मेद्वारका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका छुट्टा छुट्टै मतपत्र, महिलाका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका छुट्टा छुट्टै मतपत्र, दलितका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका छुट्टा छुट्टै मतपत्र र अपांगता भएका व्यक्ति वा अल्प संख्यकका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका छुट्टा छुट्टै मतपत्र रहेका छन् ।  ३ जना महिला निर्विरोध निर्वाचित भईसकेकाले ५ नम्बर प्रदेशमा महिलाका लागि भने मतदान हुने छैन् ।
निर्वाचनको तयारी कस्तो छ ?
पाँचन नम्वर प्रदेशमा तीन सय पाँच जना मतदाता रहेका छन् । मतदानका लागि पाँच नम्वर प्रदेशका १२ वटै जिल्लाका मतदाताहरु दाङमा आइसकेको दलहरुले जनाएका छन् । सोमवार वाट नै मतदानका लागि मतदाताहरु आउनेक्रम सुरु भैसकेको जानकारी दिइएको छ । घोराहीको कर्मचारी मिलन केन्द्र परिसरमा दुई वटा मतदान केन्द्रको निर्माण गरिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरु गरी एउटा मतदान केन्द्रमा नौ जनाको टिम खटिने भएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि दुई वटा मतदान केन्द्र निर्माण भएका छन् । १८ जानाको टिमले मतदानको कार्यक्रम सम्पन्न गराउने अधिकृत रावलले जानकारी दिए । प्रदेश नम्बर पाँचमा दुई सय १८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन् । भने ८७ जना प्रदेश सभाका सदस्य रहेका छन् । प्रदेश सभाका लागि ५२ जना प्रत्येक्ष मतदाता रहनेछन्, भने ३५ जना समानुपातिक सदस्य मतदाता रहेका छन्
देशभर १३ राजनीतिक दल सहभागी
यस निर्वाचनका लागि जम्मा २१ राजनीतिक दलले भाग लिन आयोगमा निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट जम्मा ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो । ६ जना उम्मेदवारले नाम फिर्ता लिएको, एक जना उम्मेदवारको उम्मेदवारी रद्द भएको र २४ जना निर्विरोध निर्वाचित भएको पनि प्रमुख निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ । ‘कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकोले अव ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका छन् । मतदान गराउनका लागि देशभर १४ वटा मतदान केन्द्रको व्यवस्था गरिको छ । तर प्रदेश नम्बर २ मा आठै जना सदस्यहरू निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ मतदान गर्नु नपर्ने र अब बाँकी ६ वटा प्रदेशमा मात्रै मतदान हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *