ओमप्रकाश गुप्ता
सिसहनियाँ २४ माघ । दिपज्योती माध्यामिक विद्यालय सिसहनियाँमा अध्ययनरत विद्यार्थीहरुले कहिलै पनि लागुऔषध प्रयोग नगर्ने सामुहिक प्रतिवद्धता जनाएका छन् । बुधवार विद्यालयले आयोजना गरेको लागुऔषध दुव्र्यशन सम्बन्धी विद्यालय सचेतना प्रशिक्षण कार्यक्रममा उनीहरुले छातीमा हात राखी सामुहिक प्रतिवद्धता जनाएका हुन् । बढ्दो लागुपदार्थ दुव्र्यशनी रोक्न र यस तर्फ युवा हरुको आकर्षण घटाउने कार्यक्रमको उद्देश्य रहेको विद्यालयका प्रिन्सिपल पुस्करदेव चौधरीले बताए । उक्त अवसरमा बोल्दै बक्ताहरुले लागुपदार्थ अहिलेको प्रमुख समस्या भएको र यसलाई न्यूनिकरण गर्नको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण लागुऔषध दुव्र्यशन विरुद्धका अभियान्ता तथा नार्कोन नेपाल प्रदेश नम्बर ५ का संयोजक बसन्त पुनले गरेका थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष महेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रिन्सिपल पुस्करदेव चौधरीले गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्लस टु संयोजक भेषबहादुर बुढाथोकीले गरेका थिए ।
Views: 0