पूर्व मन्त्री चौधरीका बुवाको निधनमा श्रद्धाञ्जली सभा

२०७४ माघ २६, शुक्रबार १३:३२ गते २०७४ माघ २६, शुक्रबार १३:३२ गते २०७४ माघ २६, शुक्रबार १३:३२ गते

दाङ, २६ माघ

नेकपा एमाले केन्द्रीय कमिटीका पूर्व सल्लाहकार तथा पूर्व मन्त्री महेश चौधरीका बुवा कविराम चौधरीको निधनमा नेकपा एमाले दाङले शुक्रबार उहाँकै निवास दंगिशरण गाउँपालिकाको वडा नं.४ बैवाङमा श्रद्धाञ्जली सभाको आयोजना ग¥यो ।
नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्नेहरुले स्वर्गिय कविराम चौधरीले समाज सेवाको क्षेत्रमा पुराएको योगदानको कदर गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै कविराम चौधरीका छोरा पूर्व मन्त्री महेश चौधरीले आफ्नो बुवाले थारु भाषाको जगेर्नाका लागि ठूलो योगदान गरेको बताउनुभयो । पहिले थारु भाषालाई भाषिकाका रुपमा मात्रै मान्ने गरेकोमा पछि मात्रै थारु भाषालाई भाषाका रुपमा मान्यता दिएको बताउनुभयो । थारु भाषालाई मान्यता दिलाउनका लागि बावु कविरामको योगदान रहेको चर्चा चौधरीले गर्नुभयो ।

उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य मेटमणि चौधरी, पूर्व केन्द्रीय सल्लाहकार तथा एमाले दाङका पूर्व सचिवद्वय शोभाराम बस्नेत र छविलाल वली, दंगिशरण गाउँ पालिकाका अध्यक्ष भागिराम चौधरी लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
नेकपा एमाले दाङका उप सचिव सुरामणि बेल्वासेले संचालन गर्नुभएको कार्यक्रममा आफन्त लिकवहादुर चौधरीले स्वर्गिय चौधरीको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । गत माघ १४ गतेका दिन ८६ बर्षको उमेरमा पूर्व वडाध्यक्ष समेत रहनुभएका समाजसेवी तथा थारु अगुवा कविराम चौधरकिो निधन भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed