महोत्सवमा निशुल्क पार्कीङको व्यवस्था, केही क्षेत्रलाइ पार्कीङ निषेधित क्षेत्र घोषणा, टिकट विक्रीका लागि जिम्मा दिइयो

२०७४ फाल्गुन १, मंगलवार १४:२७ गते २०७४ फाल्गुन १, मंगलवार १४:२७ गते २०७४ फाल्गुन १, मंगलवार १४:२७ गते

घोराही,१ फागुन

दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४का अवसरमा आउने सवारी साधनको निशुल्क पार्कीङको व्यवस्था गरिएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ।

महोत्सवको अवलोकनका लागी आउने व्यक्तीहरुको सवारी साधनका लागी कर्मचारी मीलनकेन्द«को कमपाउन्ड , जेशीजको कमपाउन्ड मा निशुल्क पार्कीङको व्यवस्था दाङ उद्योग वाणीज्यसंघले गरेको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक एव महासचीव नरेश कार्कीले जानकारी दिनुभएको छ। पार्कीङ व्यवस्थापनका लागी १६ जना स्वंयसेवक खटाइने र आ आफनो सवारी साधनको जवाफदेहीता आ आफै हुन पनी महोत्सव मुलआयोजक समीतीले आग्रह गरेको छ। यसअघि पार्कीङ ससुल्क हुने गरि परियार सेवा समाजले जिम्मा लिएको थियो । समाजले काम गर्न नसक्ने भन्दै मुलआयोजक समीतीमा लीखीत पत्र पठाएपछी पार्कीङ व्यवस्थापनको जिम्मा स्वंय दाङउद्योग वाणीज्यसंघले लिएको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ।

यसैगरी घोराही उपमहानगरपालीका वर्डा न १५ को वर्डा कार्यालयदेखी माथी अदालत र जिल्ला समन्वय समीतीको विचको वाटो र होटल थ्री स्टारदेखि दक्षीणतर्फ पार्कीङ निशेष गरिएको सुरक्षा तथा पार्किङ व्यवस्थापन उप समिति संयोजक छविनारायण गिरीले जानकारी दिनुभएको छ। यसैविच महोत्सवका लागी सवै स्टल वुकीङ भै सकेको स्टल व्यवस्थापन उपसमिति संयोजक टंक प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ। स्टलको नम्वरीङ कार्य आज सकीएको र भोली विहान १० वजेदेखी स्टल वुकिङ गरेकाहरुलाइ पास उपलव्ध गराइने भएकाले आआफनो फोटो लिएर भोली विहान १० वजेदखि सम्पर्क राख्न पोख्रेलले आग्रह गर्नुभएको छ।
यसैबिच दाङ उद्योग बाणिज्य संघका सांस्कृतिक समुहका संयोजक मिनराज भाटले पत्रकार भेटघाटको आयोजना गरी महोत्सव अवधिभर हुने सांस्कृतिक कार्यक्रमको बारेमा जानकारी गराउनुभयको छ । संयोजक भाटका अनुसार,प्रदेश नम्बर ५को डोको होटलद्धारा प्रायोजित लोक नृत्य प्रतियोगिताकाको आयोजना समेत गरिएको छ भने उक्त नृत्यका लागी ४जनादेखी १२जनासम्मको सामुहिक लोकनृत्य प्रश्तुत गर्नुपर्ने संयोजक भाटले बताउनुभयो । यसैगरी लोपोन्मुख अवस्थामा रहन थालेको सारङी बाजालाई संरक्षण तथा जोगाउने उद्धेष्यले पनि सारङी प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

यसैगरी ॐनमस्ते ट्रेड लिंक तारा गायन प्रतियोगिताका साथै श्रीमान् श्रीमतिको नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको संयोजक भाटले बताउनुभयो । साथै महोत्सव अवधिभर हुने उक्त प्रतियोगिताको लागी सहभागि हुन ईच्छुक ब्यक्तिहरुले सांस्कृतिक समुहका संयोजकलाई सम्पर्क गर्न सकिने बताईएको छ ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिंह बुढाथोकीले पाहुना कलाकार र स्थानिय कलाकारमा कुनैपनि भेदभाव नगरिने बताउनुभयो । साथै महोत्सव अवधिभर थारु पहिचान झल्कने कार्यक्रमहरु,हास्य ब्यग्य कलाकारहरु,लोकदोहरी तथा आधुनिक कलाकारहरु,दाङवाट स्थापित भएका कलाकारहरु र सन्देशमुलक नाटक लगायतका सांस्कृतिक तथा साहित्यक कार्यक्रमहरु हुने संयोजक भाटले बताउनुभयो।
यसैविच महोत्सका लागी टीकट विक्रीको जिम्मा वाडफाट गरिएको छ।फल्गुन ४ र ५ गते फोटो ग्राफर एशोसियसन, ६ र ७ गते राप्ती अञ्चल वजार प्रतीनीधी एशोसियसन , ८ गते दाङ सोसाइटी क्लव, ९ गते ग्यास व्यवसायी समीती, १० र ११ गते होटल व्यवासयी समीती, , १२ र १३ गते गल्ला तथा करिाना व्यवसायी समीतीलाइ जिम्मेवारी दिएको टिकट सरसफाइ खानेपानी तथा प्राथमीक उपचार उपसमीती संयोजक पिताम्वर शर्माले जानकारी दिनुभएको छ।
महोत्सवको उद्यघाटन गरिने फाल्गुन ३ गते देखी उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ आउन अव दुइदिन मात्र वाँकी छ। महोत्सवको उदघाटन उपराष्ट्रपती नन्द वहादुर पुनले विहान ११ वजे गर्ने महोत्सव मुलआयोजक समीतीले जनाएको छ। महोत्सव फाल्गुन १३ गतेसम्म चल्ने मुलआयोजक समीतीले जनाएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed