चितवन :
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ को दासढुंगा नजिकै आइतबार यात्रुवाहक बस पल्टिँदा १३ यात्रु घाइते भएका छन्। चितवनको नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्बरको बस खोरखोला भन्ने स्थानमा पल्टिएको चितवन प्रहरीले जनाएको छ। उक्त गाडीमा १९ यात्रु थिए। अन्य ६ जना भने सामान्य रहेको प्रहरीले जनाएको छ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मुग्लिन सडकमा अन्य सवारी साधनलाई ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भई पल्टिएको जानकारी दिए। मुग्लिन–नारायणगढ सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म गाडी रोकिने गरेको छ। घाइतेहरूको अहिले भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट केही फिट तल खोर खोलाको किनारमा पुगेको प्रहरीले जनाएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0