रेडक्रस उपशाखा लालमटियाको उपशाखा सभा

२०७४ फाल्गुन ८, मंगलवार ०७:२२ गते २०७४ फाल्गुन ८, मंगलवार ०७:२२ गते २०७४ फाल्गुन ८, मंगलवार ०७:२२ गते

ओमप्रकाश गुप्ता
देउखुरी ८ फागुन । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले रेडक्रस आफैमा एउटा परोपकारी संस्था भएकाले आपत तथा विपदका बेला सधै भरी उद्धवारका सामाग्री तयारी अवस्थामा राख्न अनुरोध गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाको सोमवार भएको ९ औँ उपशाखा सभामा बोल्दै सो कुरा बताउका हुन् । प्रमुख अतिथि समेत रहेका प्रजिअ श्रेष्ठले विधिको शासन र प्रकृया तथा पद्धतीको सम्मान गर्दै आफनो जिम्मेवारी निर्वाह गर्न अनुरोध गरेका छन् ।
उपशाखाका सभापती गंगाराम भट्टराईको अध्यक्षता एवम् दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन सचिव प्रमोद पौडेल र आर्थिक प्रतिवेदन लेखा संयोजक महेशकुमार शर्माले प्रस्तुत गरेका थिए । सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, नेपाल रेडक्रसका मन्त्री मदन गौतम, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, लालमटिया स्वास्थ्य चौकीका प्रमुख झवीलाल कँडेल, स्वर्गद्धारी ग्रमिण विद्युत सहकारी संस्थाका अध्यक्ष विश्वराज आचार्य, हाम्रो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर केसी, सिसहनियाँ उद्योग वाणिज्य संघका सदस्य प्रकाश विष्ट, नवशहासी युवा क्लवका अध्यक्ष सुरेश घिमिरे, रेडियो राप्तीका समाचार प्रमुख ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपसभापती रामस्वरुप बर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव प्रमोद पौडेलले गरेका थिए । यसै बिच ६८ औँ प्रजातन्त्र दिवसका अवसरमा देउखुरीको सिसहनियाँमा २९ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटिया र नवशहासी युवा क्लव सिसहनियाँको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र दाङको प्राविधिक सहयोगमामा रक्तदान गरिएको हो । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेको विषेश सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *