भीरबाट लडेर एक महिलाको मृत्यु

२०७४ फाल्गुन ८, मंगलवार १६:०४ गते २०७४ फाल्गुन ८, मंगलवार १६:०४ गते २०७४ फाल्गुन ८, मंगलवार १६:०४ गते

रुकुम,फागुन ८

जिल्लाको मुसिकोट नगरपालिका– १ सीमाचौरमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षकी जयमती बोहराको भीरबाट लडेर मृत्यु भएको हो। भीरबाट खस्दा करिब ३० मिटर तल पुगेर गम्भीर घाइते भएकी बोहराको घरमा पुर्‍याउनेवित्तिकै मृत्यु भएको स्थानीय भीमु शाहीले बताए।

दिउँसो वनमा बाख्रा चराउन गएकी बोहरा बेलुकी अबेरसम्म पनि घरमा नफर्किएपछि परिवार खोजी गर्न जाँदा फेलापारिएको थियो। मृतक बोहराका श्रीमान, २ छोरा र ३ छोरी छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *