हात्तीपाइले रोग निवारण गर्न जिल्लाभर अभियान चलाईने

२०७४ फाल्गुन ९, बुधबार १४:५४ गते २०७४ फाल्गुन ९, बुधबार १४:५४ गते २०७४ फाल्गुन ९, बुधबार १४:५४ गते

ओमप्रकाश गुप्ता
देउखुरी ९ फागुन । हात्तीपाइले (फाईलेरिया) रोग निवारण गर्नका लागि नेपाल सरकारले यहि फागुन १२,१३ र १४ गरी ३ दिन सम्म दाङ जिल्लाका सबै गाउँ तथा नगरहरुमा अभियान सञ्चालन गर्ने भएको छ । विगत आठ बर्ष देखि दाङका सबै स्थानहरुमा यो औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्दै आए पनि सरकारी तवरबाट सेम्पलिङ परिक्षण गर्दा दाङ लगायत देशका अन्य जिल्लाहरु कपिलबस्तु र बाँकेमा यो रोगका विरामी अझै देखिन आएकोले थप अभियान चलाउन सरकारी स्तरबाट पहल भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङका सिसहनिया, रामपुर र टरिगाउँमा गरिएको सेम्पलिङ सर्भे अनुसार गतबर्ष १०० मा १२ जनामा तथा यो बर्ष १०० मा ६ जनामा हात्तीपाइले फाईलेरीया रोग देखापरेको बताईएको छ । करिव ४ हजार बर्ष पुरानो यो रोगको निवारणका लागि सरकारले तराई र पहाडका ६१ जिल्लामा रोग प्रभावित क्षेत्रका रुपमा यो अभियान चलाएको थियो भने हिमालका १३ जिल्ला र पहाडी जिल्ला मध्ये गुल्मीमा यसको प्रभाव नरहेकोले अभियान सञ्चालन गरेको थिएन । विश्वका ७० मूलुकका १२ करोड बढी जनताहरु यो रोगबाट संक्रमित भएको तथ्यांकले बताएको छ । यो रोग निवारण गर्न लगातार ६ बर्ष बर्षमा एकपटक औषधी खानुपर्ने बिषेशज्ञहरुको भनाई छ ।
१) हात्तीपाइले के हो र यसका लक्षण कस्ता हुन्छन् ?
यो रोग लामखुट्टेको टोकाईबाट लाग्ने सरुवा रोग हो । क्यूलेक्श जातको पोंथी लामखुट्टेले टोकेमा यो रोग लाग्छ । किनकी पोंथी जातको लामखुट्टेले अण्डा पार्ने बेला रगतको आवश्यकता पर्छ । यो रोग लागेमा निम्न लक्ष्यणहरु देखा पर्ने गर्दछन् । कम्पन सहितको ज्वरो आउने, लिम्फ नलीहरु सुन्नीने, रातो भै दुख्ने, हातगोडामा निला काला धर्साहरु देखापर्ने, गिर्खा आउने, पुरुषको अण्डकोष सुन्नीने र नशाहरु फुल्ने, महिलाको यौनाङ्ग र स्तन सुन्नीने, पिशाबमा दुध दहि जस्तो सेतो आउनु, लामो समय सुख्खा खोकी लाग्नु, दम बढ्नु र रगतमा स्नोफिलीया देखिनु तथा मानिसका हात खुट्टा सुन्निनु हात्तिपाईले रोगका लक्ष्यणहरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
२) औषधी खाने तरिका ः दुईबर्ष देखी ५ बर्ष सम्मका बच्चालाई १ चक्की एल्वेण्डाजोल र १ चक्की डिईसी, छबर्ष देखी १४ बर्ष सम्मका युवालाई २ चक्की एल्वेण्डाजोल र २ चक्की डिईसी, १५ बर्ष देखी माथीका लाई ३ चक्की एल्वेण्डाजोल र ३ चक्की डिईसी खान दिनु पर्छ । यो औषधी खालीपेटमा खानु हुदैन ।
३) खान नहुने अवस्थाहरु ः २ बर्ष नपुगेका बालबच्चा, कडा कुपोषण भएका ५ बर्ष सम्मका बच्चा, गर्भवती र ७ दिन भित्रका सुत्केरी, सिकीस्त विरामी, नियमित औषधी सेवन गर्ने दिर्घरोगी, मुटु, कलेजो, क्यान्सर, मृगी, मृगौला र फोक्सोको दिर्घरोगी, २४ घण्टाभित्र ज्वरो आएको र ७० बर्ष पार गरेको बृद्धबृद्धाले यो औषधी खानु उपयुक्त नहुने र खालीपेटमा पनि खान नहुने जनस्वास्थ्य कार्यालयले बताएको छ ।
पिपरीमा अभिमुखीकरण
हात्तीपाइले रोग सम्बन्धी १ दिने वडा स्तरीय अभिमुखीकरण कार्यक्रम बुधवार राप्ती गाउँपालिका ८ को वडा कार्यालय पिपरीमा सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो । यहि फागुन १२,१३ र १४ गते हात्ती पाइले औषधी खुवाउने कार्यक्रम अन्र्तगत कार्यक्रमको आयोजना गरिएको थियो । राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा हात्ती पाइले रोगको परिचय, रोग सर्ने तरिका,लक्षण,उपचार विधि, औषधी खान हुने र नहुने विधिका बारेमा जानकारी गराइएको थियो । २५ जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका संयोजक नारायण राउत र सहसंयोजक नवराज न्यौपानेले गरेका थिए ।
गढवामा अभिमुखीकरण
गढवा गाउँपालिकाले आठवटै वडा तथा स्वास्थ्य चौकीहरुमा हात्तीपाइले रोग निवारणका लागी जनशक्ति परिचालन गर्ने र उनिहरुलाई सहयोग गर्ने सन्देश प्रवाहका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गढवा गाउँपालिकाको कार्यालय र स्थानीय स्वास्थ्य संस्थाहरुमा कार्यक्रम राखी सन्देश प्रवाह गरिएको हो । गाउँपालिका स्तरमा रहेका सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापकहरु, निर्वाचित जनप्रतिनिधीहरु, स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्था र कार्यालयहरु, आमा समुहका अध्यक्ष लगायत पत्रकारलाई बोलाएर एक दिने अभिमुखिकरण गरिएको हो । जसको लागी गढवा गाउँपालिकाले गढवा स्वास्थ्य चौकीबाट ५१ जना, गंगापरस्पुर स्वास्थ्य चौकीबाट ४३ जना, गोवरडिहा स्वास्थ्य चौकीबाट ६४ जना र कोईलाबास स्वास्थ्य चौकीबाट १४ जना गरि ३ दिनमा कम्तीमा ५० घरमा एकजनाले औषधी खुवाउने गरि ८० जना महिला स्वास्थ्य स्वयंसेविका र १७२ जना स्वयंसेवकहरु परिचालन गर्ने भएको बताईएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षता र अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा पालिका स्तरको कार्यक्रम गरिएको थियो भने स्वास्थ्य चौकी गढवाका अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष वालचन्द्र हमालको अध्यक्षतामा स्वास्थ्य चौकीमा कार्यक्रम गरिएको हो । गाउँपालिकका स्वास्थ्य उपसंयोजक कैलाश चौधरीको स्वागत मन्तब्यबाट सुरु भएका कार्यक्रमहरुको सहजिकरण स्वास्थ्य संयोजक लोकराज पौडेलले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *