राप्ती नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु

२०७४ फाल्गुन १८, शुक्रबार १५:२४ गते २०७४ फाल्गुन १८, शुक्रबार १५:२४ गते २०७४ फाल्गुन १८, शुक्रबार १५:२४ गते

ओमप्रकाश गुप्ता

देउखुरी १८ फागुन । होली खेलेर राप्ती नदीमा नुहाउने क्रममा दाङमा एक जनाको मृत्यु भएको छ  । देउखुरी स्थित पृथु टेक्निकल कलेज चौथो सेमेस्टरमा अध्ययनरत काठमाडौं गोङ्गबु निवासी २० बर्षिय सुदिप लम्सालको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए । होली खेलेर ९ जना साथीसँग लम्साल राप्ती नदीको बलरामपुर घाटमा नुहाउन गएका थिए । सँगै नुहाउन गएकाहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *