सभामुख महराले भने–‘दाङलाई राजधानि बनाउने एजेण्डावाट अझैसम्म दाया वाया भएको छैन’

२०७४ चैत्र ६, मंगलवार १६:१२ गते २०७४ चैत्र ६, मंगलवार १६:१२ गते २०७४ चैत्र ६, मंगलवार १६:१२ गते

‘ राजधानिको मुद्धा सेलाएको छैन भन्दै एजेण्डावाट पछि नहटेको र अझै सम्म हार नभएको टिप्पणि

घोराही, चैत्र ६

सभामुख कृष्ण बहादुर महराले ५ नम्वर प्रदेश राजधानी दाङ बनाउने मुद्धावाट आफु पछि नहटेको भन्दै दाङलाई स्थायि राजधानि बनाउन निरन्तर लागिपरेको बताएका छन् । घोराही उपमहानगरपालिकाले मंगलवार घोराहीमा गरेको स्वागत तथा वधाई कार्यक्रममा सभामुख महराले दाङलाई प्रदेशको राजधानि बनाउने एजेण्डावाट नहारेको भन्दै स्थायि राजधानि नतोकीदासम्म यस विषयमा वहस चल्ने बताएका हुन् ।

उनले दाङ राजधानीको मुद्दा अझै नसल्टीएको भन्दै तत्कालिन सरकारले प्रदेशको अस्थाई राजधानी बुटवल तोकीएता पनि दाङलाई स्थायि राजधानि बनाउने सांसदक हिसावले ब्यक्त गरेको चुनावि प्रतिवद्धता कार्यान्वयनका आफु लागिरहने बताए । सभामुख भएपछि पहिलोपटक दाङ आएका महराले देशका विभिन्न प्रदेश राजधानीको सवालमा अहिले पनि निकै गम्भिर छलफल चलीरहेको बताउनु भयो । ‘ ५ नम्वर प्रदेश राजधानीका सवालमाआफैमा अर्को निर्णय पनि हुन सक्छ । दाङ राजधानीहुने मुद्दा अझै सेलाएको छैन । यसमा सबैको साथ र समर्थनको खाँचो छ ।’ महराले भने । उनले घुमाउरो भाषामा दाङलाई प्रदेश राजधानी हुनवाट कसैले रोक्न नसक्ने समेत संकेत गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *