घोराही, ६ चैत्र
सात बर्षसम्मको एकमुष्ट पेन्सन रकम सहित स्वेच्छिक अबकाशको सरकारी प्रस्तावमा दाङका दुई सय बढी कर्मचारीले निबेदन दिएका छन् । गत फागुन १३ गतेसम्मको समय सिमा दिएर नेपाल सरकारले स्वेच्छिक अबकाशको प्रस्ताव ल्याएको थियो ।
सरकारले स्वेच्छिक अबकाश लिन चाहनेले जिल्ला प्रशासन कार्यालयमा निबेदन दिने व्यबस्था गरेको थियो । उक्त समयमा जिल्ला प्रशासन कार्यालय दाङमा दुई सय बढी कर्मचारीले स्वेच्छिक अबकाश रोजेर निबेदन दिएका छन् ।
जागिर शुरु गरेको २० बर्ष पुरा भई ५० बर्ष उमेर पुरा गरेका कर्मचारीहरुका लागि सरकारले सात बर्षको एकमुष्ट पेन्सन रकमसहित बिदा गर्ने निती लिएको छ । स्वेच्छिक अवकाश रोज्नेहरुमा कार्यालय सहायक देखि उपसचिबसम्मका कर्मचारी रहेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
अवकाश रोज्ने उप सचिवहरुमा ईलाका प्रशासन कार्यालय तुलसीपुरमा कार्यरत धनबहादुर केसी, जिल्ला शिक्षा कार्यालय दाङका बिनोद गौतम, केशबराज गौतम र दण्डपानी घिमिरे रहनुभएको छ । यस्तै जिल्लाका १७ जना शाखा अधिकृतले पनि अबकाश रोजेका छन् ।
यस्तै जिल्लाका छैठौँ तहका अधिकृतहरु १२, सहायक पाँचौँ, सुब्बा, खरदार र कार्यालय सहयोगी गरी एक सय ७४ जना कर्मचारीले एकमुष्ट पेन्सन रकमसहित स्वेच्छिक अबकाश रोजेका छन् ।।
Views: 0