मेयर चाैधरीकाे विषयमा समाचार लेखेका पत्रकार थापा र जथाभावी वोल्ने महीलालाई प्रहरीले वोलायो

२०७४ चैत्र ९, शुक्रबार ०६:५९ गते २०७४ चैत्र ९, शुक्रबार ०६:५९ गते २०७४ चैत्र ९, शुक्रबार ०६:५९ गते

घोराही ९ चैत ।  केही दिन अघि सुनपुरका एक महीलाले घोराहीका मेयर नरुलाल चौधरीले निर्वाचनको समयमा घोराही सिमेन्ट उद्योग हटाउने भनेर निर्वाचनको समयमा अभिब्यक्ति दिएको र पछि हटाउन पहल नगरेको भन्ने ति महीलाले वोलेको भिडियो सहित समाचार लेख्ने पत्रकार सागर थापा र महीलालाई दाङ प्रहरीले सोधपुछका लागि वोलाएको छ  सुनपुरका स्थानियवासीहरुले गरेको कार्यक्रममा सुनपुरकी संगिता खनालले मेयर चौधरीलाई घोराही सिमेन्ट उद्योगवाट घुस खाएको र निर्वाचनको समयमा आफुले सिमेन्ट उद्योग हटाउछु भनेर वोलेको र वोलेको कुरा पुरा नगरेको आरोप लगाउदै भिडियोमा तथानाम स्थानीय महिला खनालले गाली गलौजको शैलीमा भनेकी छिन् । उनी संगै अरु महिला पनि उक्त कार्यक्रममा सहभागि भएको भिडियोमा देख्न सकिन्छ । मेयरलाई अलि वलि तुच्छ शब्द अपराधिसम्म उक्त भिडियोमा संगिताले भनेकि छिन् । संगितालाई विहान १० बजे सुनपुरवाट प्रहरीले सोधपुछका लागि भनेर प्रहरी कार्यालयमा ल्याएको छ भने भिडियोसहीत समाचार लेख्ने पत्रकार थापालाई प्रहरीले त्यस विषयमा बुझ्नका लागि वोलाएको छ । पत्रकार थापाले आफुलाई प्रहरीले उक्त भिडियोसहीत समाचार लेखेका कारण प्रहरीमा जाहेरी परेको भन्दै सोधपुछका लागि वोलाएको बताए । उनले सत्य तथ्य समाचार आफुले वाहीर ल्याएको भन्दै सत्य कुराहरु सञ्चारमाध्यममा ल्याउन आफु निरन्तर लागिरहने बताए । यसअगाडि मेयरले उद्योग हटाउछु भनेर नभनेको र त्यसवाट निक्लने प्रदुषण कम गर्छु मात्र भनेर अभिब्यक्ति दिएको भन्दै भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेका थिए । यता, जिल्ला प्रहरी प्रमुख एसपि दुर्गा चन्द सिँहले भिडियोसहीत समाचार लेख्ने र गालौगलौजको शैलिमा वोल्ने महीलालाई सोधपुछका लागि कार्यालयमा वोलाएको भन्दै कानुनअनुसार अघि बढ्ने जानकारी दिइन् । यस वारेमा जाहेरी प्रहरी कार्यालयमा आएकाले दुवैलाई सोधपुछका लागि वोलाएको एसपि सिँहको भनाई छ । मेयरले जाहेरी दिनु भएको हो भन्ने जिज्ञासामा एसपि सिँहले त्यो भने खुलाउनु भएन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *