रुपाकोटमा जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य शिविर

२०७४ चैत्र ११, आईतवार ०३:४६ गते २०७४ चैत्र ११, आईतवार ०३:४६ गते २०७४ चैत्र ११, आईतवार ०३:४६ गते
?

ओमप्रकाश गुप्ता
देउखुरी ११ चैत । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था सिसहनियाँले शनिवार देउखुरीको राप्ती गाउँपालिका ९ रुपाकोट गाउँमा जेष्ठ नागरिकाका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँमै शिविर आए पछि जेष्ठ नागरिकहरु खुसी भएका थिए । राप्ती गाउँपालिकाको वडा नम्बर ९ को वडा कार्यालय, एम.एस हार्डवयेर,शुभलक्ष्मी फेन्सी पसल, सिसहनियाँ उद्योग वाणिज्य संघ र ओम शान्ति कपडा पसलको सहयोगमा शिविर भएको हो । संस्थाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् प्रदेश सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यता एवम् सांसद दामा शर्माको विशिष्ट आतिथ्यामा भएको शिविर उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउत लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शिविरबाट ६९ जना जेष्ठ नागरिकले सेवा लिएका थिए । शिविरमा दम, उच्चरक्त चाप, सुगर, हाडजोर्नी, ढाड कम्मर दुख्ने,छाला तथा दात दुख्ने लगायतका समस्या रहेको शिविरमा संलग्न डा. प्रज्वल श्रेष्ठले बताएका छन् । उपचारका लागि आएका सवैलाई डा. प्रज्वल श्रेष्ठ र संस्थाका अध्यक्ष तथा स्वास्थ्यकर्मी प्रकाश विष्ट, दाँत रोगका स्वास्थ्यकर्मी दिपेन्द्र न्यौपानेले परामर्श सहित उपचार गरेका थिए । भने स्वास्थ्यकर्मी शालिकराम आचार्य, कुन्ता पौडेल लभ जैशीले पनि सहयोग गरेका थिए । संस्थाका आजिवन सदस्य शालिकराम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव गरिवु चौधरीले गर्नु भएको छ । राप्ती गाउँपालिका ४ मौरीघाट देखि करिव ३–४ घण्टा हिडेर पुग्न सकिने पहाडी गाउँ रुपाकोट भौगोलिक हिसावले निकै पछाडी परेको क्षेत्रको हो । बाटोघाटो, स्वास्थ्य, शिक्षा र सञ्चारबाट समेत पछाडी परेको सो गाउँमा कोही विरामी परेमा डोकामा बोकेर सिसहनियाँ, भालुवाङ सम्म पु¥याउनु पर्ने अवस्था रहि आएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *