क्षयरोग विरामीको कोहर्ट विश्लेषण समिक्षा गोष्ठी

२०७४ चैत्र १५, बिहीबार १६:११ गते २०७४ चैत्र १५, बिहीबार १६:११ गते २०७४ चैत्र १५, बिहीबार १६:११ गते

ओमप्रकाश गुप्ता/ तिर्थराज ज्ञवाली
देउखुरी १५ चैत । राप्ती गाउँपालिका स्तरीय क्षयरोग विरामीको कोहर्ट विश्लेषण समिक्षा गोष्ठी विहिवार सम्पन्न भएको छ । जिल्ला जनस्वाथ्य कार्यालयको आयोजना तथा राप्ती गाउँपालिका स्वाथ्य शाखाको समन्वयमा राप्ती गाउँपालिका भित्र रहेका क्षयरोगी तथा कुष्टरोगीहरुको अवस्था तथा गाउँपालिका भित्र रहेका स्वाथ्य चौकीहरुको क्षयरोगी तथा कुष्टरागीहरुको उपचारको अवस्था, औषधीको प्रयाप्तता, नियमित चेकजाच, केश फाईन्डीङ लगायतका समस्याका वारेमा गोष्ठिमा छलफल गरिएको राप्ती गाउँपालिका स्वाथ्य उप शाखाका संयोजक नारायण रावतले जानकारी दिएका छन् । जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत, ल्याव पर्सन, टेक्नीसीयन, स्वास्थ्य चौकी प्रमुख, फोकलपर्सन तथा स्वाथ्य शाखाका कर्मचारीहरुको सहभागीता रहेको गोष्ठीमा राप्ती गाउँपालिकाका क्षेत्रहरुपनि क्षयरोग प्रभावित क्षेत्र रहेको हुदा स्वाथ्य संस्थाहरुले थप उपचारमा जोड दिइने निकर्ष निकालिएको स्वाथ्य शाखाका संयोजक रावतले जानकारी दिए । हाल चार चार महिनामा क्षयरोग र कुष्टरोगको अवस्थाबारे पालीका स्तरमा अन्तरक्रिया, गोष्ठी हुदै आईरहेको र रोगीहरुको पहिचान र उपचारमा तिब्ररुपमा कार्य भैरहेको राप्ती गाउँपालिका स्वाथ्य उप शाखाका सह संयोजक नवराज न्यौपानेले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *