सभामुख महराद्वारा खड्कालाई श्रद्धाञ्जली

२०७४ चैत्र १८, आईतवार ०८:०६ गते २०७४ चैत्र १८, आईतवार ०८:०६ गते २०७४ चैत्र १८, आईतवार ०८:०६ गते

 

चैत १८ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आज (आइतबार) बिहान ११ बजे सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख महराले श्रद्धाञ्जली अर्पण गरेका हुन । महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोकपुस्तिकामा पनि हस्ताक्षर गरेका थिए । श्रद्धाञ्जलीपछि परिवारजनसँग कुरा गर्दै सभामुख महराले पछिल्लो पटक एक महिनाअघि मात्रै खड्कासँग भेट भएको बताएका थिए । केही समययता खड्कासँग नियमित भेटघाट र कुराकानी भएको उल्लेख गर्दै महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताए । खड्काकी श्रीमती, छोरी र आफन्तजनलाई सम्हालिन आग्रह गर्दै सभामुख महराले आत्मबल बलियो बनाउनुको विकल्प नभएको बताए । श्रद्धाञ्जली दिन निवास पुगेका कांग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पु¥याउन आग्रह समेत गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *