ओमप्रकाश गुप्ता
लालमटिया २५ वैशाख । रेडियो राप्तीकोे आयोजनामा स्रोता भेटघाट तथा परिचयात्मक कार्यक्रम आज सम्पन्न भएको छ । समाचार प्रमुख ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् स्टेशन म्यानेजर तिर्थराज ज्ञवालीको प्रमुख आतिथ्यता र सञ्चालक समितिका उपाध्यक्ष टोपबहादुर कार्कीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले रेडियोबाट प्रसारण हुने कार्यक्रमलाई अझ स्तरीय बनाउन कार्यक्रम प्रस्तोताले ध्यान दिनु पर्ने बताउदै युवा, महिला, कृषि, स्वास्थ्य, शिक्षा लगायतका विषय बस्तु समेट्ने गरी कार्यक्रम ल्याउनु पर्ने सुझाव दिएका थिए ।
सो अवसरमा प्राविधिक प्रमुख लोकमणी भुसाल, प्राविधिक साहयक विमल राना मगर, प्राविधिहरु ब्बिता अधिकारी, सुनिता बुढा, कार्यक्रम प्रस्तोताहरु किरण जिसी, हुमा सुनार, क्यामरा म्यान प्रल्लाद बञ्जाडे, स्रोताहरु अस्मिता राइमाझी, सपना शर्मा, रिस्ता केसी, बबिता परियार, कमला अधिकारी, लालमणी भुसाल लगायतका वक्ताहरुले आ आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन कार्यक्रम प्रस्तोता विरेन्द्र गिरीले गरेका थिए ।
Views: 0