प्युठान बस दुर्घटनामा ५ जनाको मृत्यु, २५ घाइते

२०७५ बैशाख ३०, आईतवार ०३:३२ गते २०७५ बैशाख ३०, आईतवार ०३:३२ गते २०७५ बैशाख ३०, आईतवार ०३:३२ गते

अाेमप्रकाश गुप्ता

भालुवाग ३० वैशाख । महेन्द्रनगरबाट प्युठानका लागि छुटेको बस प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी खोला (बड्डाँडा नजिकै) दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये अहिलेसम्म एकजनाको मात्रै पहिचान खुल्न सकेको छ ।चारजनाको सनाखत भएको छैन् । घटनामा तीन महिला र दुई पुरुष गरी ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा बस चालक कैलालीको चौमालाका वीरबहादुर थारु रहेका छन् । बाँकीको सनाखत हुन सकेको छैन् । महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस सडकबाट तल खसेको छ ।घाइते २१ जनालाई जिल्ला अस्पताल विजुवारमा ल्याइएकोमा ५ जनालाई रिफर गरिएको छ । घटना स्थलबाटै घाइते ४ जनालाई बुटवल पठाइएको प्रहरीले जनाएको छ ।घाइते हुनेहरुमा प्युठानको मल्लरानी गाउँपालिका–३ का तिर्थराज पोख्रेल (३८), गुल्मी अल्गुंगका तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदिश खत्री (२५), रिगल खातुन (२), प्यूठान नगरपालिका–३ साढेखाला ईश्वर खड्का (२६), महेन्द्रनगर कञ्चनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३), मल्लरानी गाउँपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०), बैतडी पुचौडी नगरपालिका–६ प्रकाश सावत, चितवनको चित्रवन नगरपालिका–१७ का राजेन्द्रप्रसाद तिमलसिना (७३), रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क. (४४), सपना वि.क. (१६), गौमुखी गाउँपालिका–४ का थमजीत वि.क. (१५), कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२), प्युठानको झिमरुक गाउँपालिका–३ का प्रेम केसी (२१), प्युठान नगरपालिका–१० दहखोलाका गोमा गिरी (४९) रहेका छन् । उनीहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।प्युठानको माण्डवी गाउँपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार (२५), दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रुपन्देही कन्चन गाउँपालिका–३ का गोविन्द अर्याल (३५) र हिमला पोख्रेल (२९) लाई थप उपचारका लागि रिफर गरिएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको टोली खोज तथा उद्धार कार्यमा सक्रिय रहेको प्युठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed