राप्ती गाउँपालिकाको करङ्गेकोटमा खानेपानीको हाहाकार

२०७५ जेष्ठ ९, बुधबार १०:३९ गते २०७५ जेष्ठ ९, बुधबार १०:३९ गते २०७५ जेष्ठ ९, बुधबार १०:३९ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ९ जेठ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ करङ्गेकोटकी मुना थापामगरंलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । पानी ल्याउनकै लागि दैनिक एक घण्टा समय छुट्याउन बाध्य भएको थापामगरको भनाई छ । दैनिक विहानी समय पानी लिनमै बित्ने गरेको छ । पानी भर्ने ठाउँमा घण्टौ लाइन लाग्नु पर्ने अवस्था रहेको छ । विहान पानी भर्न गयो कहिले कसो दिउसो हुन्छ थापा मगरले भनिन् । यस्तै सोही ठाउँ निवासी झगा दर्लामी मगरलाई पनि पानी ल्याउने ठाउँ नै टाढा हुँदा तनाव हुँदै आएको बताउछिन् । पानी ल्याउने ठुलो समस्या त छदै छ गाउँमा पानीको मुहान सुके पछि १ घण्टा हिडेर पुनखोला सम्म जानु पर्ने बाध्यता रहेको उनले बताइन् । केटाकेटीहरुलाई पानीकै समस्याले समयमै स्कुल पठाउन पनि सकिदैन हाम्रो समस्या कसले सुनिदिने हो दर्लामी मगरले भनिन् । गाउँमा भएको पानीको मुहान सुके पछि यती बेला करङ्गेकोटमा खानेपानीको विकराल समस्या देखिएको छ । यस गाउँमा १ सय १५ घरपरिवार बस्दै आएका छन् । सो गाउँमा मगर समुदायको बस्ती छ । सिसहनियाँ बजार देखि ८ किलोमिटरको दूरीमा रहेकोे गाउँमा खानेपानीको समस्या महिनौ दिन देखि हुँदै आएको छ । तर गाउँपालिका लगायत सम्बन्धित निकायको ध्यान जान सकेको छ । यस विषयमा पटक पटक गाउँपालिकामा पनि जानकारी गराएको हो गाउँपालिकाले सानो रकम छुट्याउछ त्यसैले काम नै हुदैन करङ्गेकोट गाउँ अगुवा चित्रबहादुर थापाले बताए ।
जनता आधारभुत विद्यालयमा खानेपानीको समस्या
जनता आधारभुत विद्यालय करङ्गेकोटमा पनि खानेपानीको विकराल समस्या देखिएको छ । पानीको विकराल समस्या भए पछि शिक्षकहरुले स्वयम् मोटरसाइलबाट पानी ओसारेर विद्यार्थीहरुलाई खुवाउने गरेका छन् । विद्यार्थीहरु पनि स्कुल आउदा घरबाटै बोतलमा पानी बोकेर स्कुल आउने गरेका छन् । गर्मी अत्यधिक बढे पछि एक बोतलले पानी नपुग्ने भएकाले विद्यार्थीहरु पानी पिउनका लागि लाइनमा बस्नु पर्ने बाध्यता रहेको कक्षा ८ मा अध्ययनरत ममता थापा मगरले बताइन् । उनी जस्तै कक्षा ९ मा अध्ययनरत शक्ति थापा भन्छन् । खानेपानीको समस्या त छदै छ । दिसा पिसाव लाग्यो भने शौचालयमा पानी हुदैन शौचालय गर्न पनि निकै सास्ती छ । हात खुटा धुने पानी छैन । स्कुल पढ्न जान पनि मन लाग्दैन थापाले भने उनीहरु जस्तै सो विद्यालयमा अध्ययनरत २७५ जना विद्यार्थीको समस्या रहेको विद्यालयका शिक्षक तुलबहादुर कंवरले बताए । तर यस विषयमा पनि गाउँपालिका र सम्बन्धित निकायको ध्यान जान गएको छैन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed