स्यानीघोषमा ४५ दिने सिलाई कटाई तालिम सुरु

२०७५ जेष्ठ ९, बुधबार १४:५५ गते २०७५ जेष्ठ ९, बुधबार १४:५५ गते २०७५ जेष्ठ ९, बुधबार १४:५५ गते

ओमप्रकाश गुप्ता
भालुवाग ९ जेठ । राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका वडा न. २ को विकट बस्ती मानिएको स्यानीघोषमा ४५ दिने सिलाई कटाई तालिम सुरु गरिएको छ ।नागरिकलाई शिप प्रदान गरि स्वरोजगार बनाउने गाउँपालिकाको अभियान अन्तरगत अन्य स्थानमा जस्तै स्यानीघोषका १२ महिलाई सिलाईकटाई तालिम दिन थालीएको छ ।तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकहरुलाई आत्मनिर्भर गराउन राप्ती गाउँपालिका सधैव लाग्ने र आयोजना गरिएका तालीम प्रशिक्षणमा सक्रिय सहभागिता नागरिकले पनि जनाउन आवस्यक रहेको बताएका छन् । राप्ती गाउँपालिका वडा नम्बर २ का अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वा चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको विशिष्ठ आथित्यतामा सम्पन्न सिलाई कटाई तालिम उद्घाटन कार्यक्रममा स्यानिघोषका नागरिकहरुले पहिलो पटक गाउँपालिकाले लामो समयको तालिम संञ्चालन गरेकोमा खुसी ब्यक्त गरेका छन् ।स्थानीघोष राप्ती गाउँपालिकाको विकट बस्ती, मगर समुदायको मात्र बसोवास रहेको बस्ती रहेकोले राप्ती गाउँपालिकाले सो स्थानमा विकासका योजनाहरु तथा शिपमुलक कार्यक्रम सञ्चालन गर्दै होमस्टे सञ्चालन गर्ने प्रक्रिया समेत सुरु गरेको राप्ती गाउँपालिका वडा न. २ का अध्यक्ष जगत बहादुर थापाले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed