छेपारोको टोकाईबाट बालकको मृत्यु

२०७५ जेष्ठ १६, बुधबार १६:५० गते २०७५ जेष्ठ १६, बुधबार १६:५० गते २०७५ जेष्ठ १६, बुधबार १६:५० गते

ओमप्रकाश गुप्ता
भालुवाङ १६ जेठ । बाघे छेपारोको टोकाईबाट देउखुरीमा १६ महिने बालकको मृत्यु भएको छ । देउखुरीको राप्ती गाउँपालिका ४ मझनीगढ निवासी मानबहादुर जिसीका १६ महिने छोरा पुस्कर जिसीको मंगलवार राती साढे ९ बजे मृत्यु भएको हो । आँगनमा खेलिरहेका बेला मंगलवार बेलुका साढे ६ बजे छेपारोले टोकेको मृतकका बाबु जिसीले बताए । छेपारोले टोकेको थाहा पाए पछि बच्चालाई गाउँमै झारफुक गराई अस्पताल लैजाने क्रममा मौरीघाट पेट्रोल पम्प सम्म आइपुग्दा बालकको मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *