क्याम्पसका नवनिर्वाचित सञ्चालक समितिलाई सपथ ग्रहण

२०७५ जेष्ठ १८, शुक्रबार १३:५४ गते २०७५ जेष्ठ १८, शुक्रबार १३:५४ गते २०७५ जेष्ठ १८, शुक्रबार १३:५४ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १८ जेठ । देउखुरीको राप्ती गाउँपालिका स्थीत ऐरावती आर्दश बहुमुखी क्याम्पसका नवनिर्वाचित सञ्चालक समितिका पद्धाधिकारी आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रमाण—पत्र प्रदान तथा सपथ गराईएको छ । निर्वाचन समितिका संयोजक महेशकुमार शर्माको अध्यक्षता एवम् क्याम्पस सञ्चालक समितिका निर्वतमान उपाध्यक्ष युवराज न्यौपानेको प्रमुख आतिथ्यमा क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित पद्धाधिकारीहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रमाण—पत्र प्रदान गरिएको थियो । सो अवसरमा बोल्दै नव निर्वाचित क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीले आफू संधै क्याम्पसको विकासका लागि अधिकतम समय दिने बताएका छन् । यो क्याम्पस राप्ती गाउँपालिकाको एक मात्र शैक्षिक गहना हो, यसको उचित व्यवस्थापन गर्ने हाम्रो दायित्व भएकोले सो अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्याम्पसका संस्थापक कोषाध्यक्ष दोर्ण भुसाल, नेपाली काँग्रेस राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य ठाकुरप्रसाद आचार्य, भालुवाङ होटेल व्यवसाय समितिका अध्यक्ष महेश बेल्बासे, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य पूर्णिमा आचार्य र देउखुरी टुडे राष्ट्रिय साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता लगायतका वक्ताले नवनिर्वाचित क्याम्पस सञ्चालक समितिलाई बधाई मन्तव्य गरेका थिए । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य तथा पत्रकार महेशचन्द्र रिजालले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *