महिला रोग सम्बन्धी विशषेज्ञ स्वास्थ्य शिविर सम्पन्न

२०७५ जेष्ठ १९, शनिबार १६:२५ गते २०७५ जेष्ठ १९, शनिबार १६:२५ गते २०७५ जेष्ठ १९, शनिबार १६:२५ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १९ जेठ । एक दिने महिला रोग सम्बन्धी विशषेज्ञ स्वास्थ्य शिविर शनिवार राप्ती गाउँपालिका २ बाउन्नेपाटामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ वडा कार्यालयको आयोजना एवम् स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था हिको, सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवल र राप्ती गाउँपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ५५ जना विरामीले उपचार सेवा लिएका थिए । जसमा अधिकाशंमा तल्लो पेट दुख्ने, सेतो गन्हाउने पानी बग्ने, पिसाव पोल्ने, पाठेघर खस्ने, महिनावारी गडवडी लगायतको समस्या देखिएको सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलका डा. राजेन्द्र प्रसाद बस्यालले जानकारी दिएका छन् । शिविरमा औषधी समेत निशुल्क रुपमा बितरण गरिएको थियो । शिविरमा डा. राजेन्द्र प्रसाद बस्याल, स्वास्थ्यकर्मीहरु प्रकाश विष्ट, झविलाल कंडेलले बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको शिविरको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले निशुल्क रुपमा आयोजना गरिएको शिविरबाट लाभ लिन सवैलाई आग्रह गरेका थिए । साथै कार्यक्रममा डा. बस्यालले सानै उमेरमा विवाह गर्नु, छोटो जन्मान्तरमा धेरै बच्चा पाउनु, धेरै गह्रौ भारी बोक्ने लगायतका कारणले पाठेघरको समस्या उत्पन्न हुने गरेको बताए । कार्यक्रममा समाजसेवी तथा बुद्धिजिवी श्यामेश चौधरी, गञ्जबहादुर विष्ट लगायतको विशेष उपस्थिती रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *