बाढीका कारण हाँसीपुर कन्दरा पुलमा २० लाख बढीको क्षती

२०७५ जेष्ठ १९, शनिबार १६:३५ गते २०७५ जेष्ठ १९, शनिबार १६:३५ गते २०७५ जेष्ठ १९, शनिबार १६:३५ गते

ओमप्रकाश गुप्ता
गढवा १९ जेठ । गढवा ६ को हाँसीपुरको खाल देखि मदपुर हुदै कन्दरा मन्दिर जोड्ने निर्माणधीन हाँसीपुर कन्दरा मन्दीर पक्की पुलमा गए रातीको अविरल बर्षापछि देउखुरीको कक्रहवा खोलामा बिहान ४ बजे आएको बाढीबाट २० लाख बढिको क्षती भएको प्रारम्भीक अनुमान गरिएको छ । बाढीबाट पुल निर्माणका लागि पानी तान्न प्रयोग गरिएका ७ लाख बराबरका ७ थान पम्पसेट मसिन, ३ लाखको मिक्चर मसिन, २ लाख बराबरको ५० ट्राली क्रेसरको गिट्टी तथा चालेको वालुवा, डेढलाख बढीको फर्माका लागि प्रयोग गरिने प्लाईउड बाढीले बगाएको तथा पुरेको निर्माण कम्पनीका प्रोपाइटर ईम बहादुर बिकले जानकारीदिएका छन् । निर्माणाधीन पुलको पूर्वतर्फको एविडमेण्टको राफ्टमा डण्डी बाँधिसकेको र ढलाई गर्न ठिक्क पारेको एरियामा माटो तथा गिट्टी भरिएको छ, पुनः पुरै उत्खनन् गरेर निर्माण कार्य गर्नु पर्छ, जसका लागि ५ लाख बढी खर्च हुन्छ, उत्तरतर्फको पिलरका छडहरु नै बाङ्ीएका छन् , निर्माण कम्पनीका प्रोपाइटर इमबहादुरले भने । ३ दिन भित्रमा ढलाई गर्ने तयारी थियो, अब काम सुरु गर्न नै १५ दिन लाग्छ, उनले भने । बाढीका कारण उक्त पुलको कुल २० लाख बढी क्षति भएको निर्माण कम्पनीले बताएको छ । बिहान ४ बजे एकाएक खोला उर्लियो, बोरीङ बन्द गर्ने चान्स नै भएन, हाम्रो भागाभाग भयो, हेर्दा हेर्दै लेवर स्टाफ क्याम्प नै बगायो गढवा–६ वालापुर निवासी कुसराम यादवले भने । क्याम्प सहित बिस्तरा, चामलका बोरा, लत्ताकपडा, जुत्ता चप्पल, खाट खटिया, जेनेटरको डिजल र पकाउने भाँडाहरु सबै बगायो, हामी बल्ल तल्ल गाउँ पसेर लेवर मिस्त्रि गरी १० जना नै बाँच्यौं, राजपुर–३ बसन्तापुर निवासी भरत यादवले बताए । नेपाल सरकारको केन्द्रिय योजना अन्तरगत निर्माण तथा भौतिक योजना मन्त्रालयको योजना अन्र्तगत २०७४ असोज अन्त्यतिर संझौता भइ २०७५ बैशाख १ गतेबाट काम सुरु भएको सो पुलको निर्माण कार्यको ठेक्का सि.ए.बि.कन्ट्रक्सन कम्पनी प्रा.लि ले लिएको हो । स्थानीय गाउँलेहरुको पटक पटकको बिवादका वीच बल्लतल्ल काम सुरु भएको सो पुलको कुल लगानी ७ करोड ३५ लाख रहेको छ भने आर.सि.सि. ढलाई सहित १०४ मिटर लम्बाई रहेको छ । सो पुल बनेपछि ५, ७ गाउँका जनताले सुविधा लिन पाउनुको साथै दक्षिण देउखुरी क्षेत्रको ओझेलमा परेको पर्यटकिय स्थल कन्दरा मन्दीर पर्यटकिय हिसाबले चर्चामा आउने स्थानीय जानकारहरु बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *