भालुवाङमा बहुला कुकुरको टोकाईबाट बालकको मृत्यु

२०७५ असार १, शुक्रबार ०४:१७ गते २०७५ असार १, शुक्रबार ०४:१७ गते २०७५ असार १, शुक्रबार ०४:१७ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १ अषाढ । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा बहुला कुकुरको टोकाईबाट एक ४ वर्षिय बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक रातोडाँडा निवासी वसन्त गिरीका ४ वर्षिय छोरा सस्कार गिरीलाई विहिवार राती उपचारका लागि काठमाडौं लैजाने क्रममा धादिङको मलेखु पुग्दा बाटोमै ज्यान गएको पारिवारीक स्रोतले जानकारी दिएको छ । गत अषाढ १३ गते घर आँगनमा खेलिरहेका बेला कुकुरले बालकलाई आँखा,ओठ र नाकमा टोकेको थियो । कुकुरले टोकेको १ घण्टा पछि लमही अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौ स्थीत टेकु अस्पतालमा लगिएको थियो त्यहाँ रेवीज सुई नभएका कारण पुन आर्को हस्पिटलमा भर्ना गरी केहि दिन त्यहाँ उपचार गरी पुन घरमा ल्याई लमही र घोराहीमा उपचार गराई रहेका बालक गिरीको स्वास्थ्यमा झन समस्या थपिए पछि विहिवार उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बाटोमा नै बालकको मृत्यु भएको हो । मृतक बालक स्वर्गद्वारी आधारभुत विद्यालय भालुवाङ पुल्चोकमा अध्यनरत विद्यार्थी पनि हुन् । बालकलाई टोक्ने कुकुरलाई भने सोही दिन स्थानीयले मारेका थिए । यसै बिच बहुला कुकुरको टोकाईबाट बालकको मृत्यु भएपछि भालुवाङबासीले बजारमा रहेका भुस्याहा तथा बहुला कुकुरहरूलाई राप्ती गाउँपालिका र प्रशासनद्धारा नियन्त्रण गर्न स्थानीयवासीहरुले माग गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *