राप्ती सामुदायिक वनको अध्यक्षमा शाह

२०७५ असार १, शुक्रबार ०४:४५ गते २०७५ असार १, शुक्रबार ०४:४५ गते २०७५ असार १, शुक्रबार ०४:४५ गते

ओमप्रकाश गुप्ता
देउखुरी १ अषाढ । राप्ती सामुदायिक वन उपभोक्ता समुह राप्ती गाउँपालिका १ भालुवाङको २२ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेशनले खिमविक्रम शाहको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । उपाध्यक्षमा देवी राना मगर,सचिवमा मिना मगर,सहसचिवमा तेजबहादुर पुन र कोषाध्यक्षमा कर्णबहादुर केसी रहेका छन् । त्यसै गरी सदस्यहरुमा बहादुरकर्ण केसी, पदम पुन, विष्णु केसी, खड्कबहादुर रावत, ज्यानी परियार, हिराबहादुर पुन, छमि विक,लक्ष्मी वि.एम, सरिता केसी, डिला राना, सुशिला थापा, सुशिला पुन, जावेद अहम्मद, रत्नबहादुर पुलामी दुर्गा प्रसाद पन्थी, केशर बहादुर कुमाल, मुकेश गुरुङ र रिमा पुलामी रहेका छन् ।
समुहका अध्यक्ष गेमबहादुर खड्काको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन समुहका अध्यक्ष गेमबहादुर खड्का र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गोमाया केसीले प्रस्तुत गरेका थिए । समुहका महिला सदस्य पुष्पा पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वनमहासंघका अध्यक्ष हरि भुसाल, नर्ती सामुदायिक वन समन्वय समितिका सचिव तारा घिमिरे,संवाद समुहका अध्यक्ष ढुण्डीराज लामिछाने,नेपाल राष्ट्रिय मावि भालुवाङका विव्यस अध्यक्ष नरबहादुर केसी,समुहका पुर्व अध्यक्ष रुद्रबहादुर झाक्री,जनता मावि कालाकाटेका प्रअ लोकेन्द्र केसी, उपभोक्ता चन्द्रप्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महेश रिजालले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *