घोराही, साउन ५ ।
घोराही ७ सौडियारस्थित सौडियार सामुदायिक सिकाई केन्द्रको बैठक आज सौडियारमा सम्पन्न भएको छ । बैठकले घोराही ७ को वडा कार्यालयले आर्थिक वर्ष अन्त्यसंगै गर्नुपर्ने वार्षिक सार्वजनिक सुनुवाई हालसम्म पनि नगरेकाले सार्वजनिक जवाफदेहीतासंगै सुसासन र पारदर्शीताका निमित्त यथाशिघ्र जनसहभागिताको विचमा सार्वजनिक सुनुवाई गर्न वडा कार्यालयसंग माग गरेको छ । वडा कार्यालयलाई जनताप्रति जवाफदेही बनाउनका निमित्त सिकाई केन्द्रले सरकारी प्राब्धान अनुसार गर्नुपर्ने नियमीत सार्वजनिक सुनुवाई गर्न आग्रह गरेको जनाएको छ । सिकाई केन्द्रका अध्यक्ष चन्द्रप्रशाद घिमिरेको अध्यक्षता एंव सामुदायिक सिकाई केन्द्र सञ्जाल दाङका सचिव निशानदाजु भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकले वडा कार्यालयको सुचनाको हकलाई थप प्रभावकारी बनाउन र आफुले वर्षभरी प्रवाह गरेको सेवा र सुविधाका वारेमा जानकारी गराउनका लागि सार्वजनिक सुनुवाइको कार्यक्रमलाई निरन्तरता दिन वडा कर्याालयलाई सुझाव दिएको छ । त्यस्तै बैठकले घोराही ७ सौडियारस्थित सौडियार स्वास्थ्य चौकिको वर्थिङ सेन्टरको लागि छुट्याइएको करीव २ लाख रुपैँया काम नगरी बजेट फ्रीज भएर गइसकेपछि उक्त निर्माणाधिन वर्थिङ सेन्टरको निर्माण सम्पन्न नभई झनै अलपत्र परेकाले त्यसको छिटो भन्दा छिटो निर्माण कार्य पुरा गर्न वडा कार्यालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकमा गएको माघदेखी जेठ सम्म सौडियारमा सञ्चालित निरन्तर शिक्षा कार्यक्रमको समीक्षा गर्दै छुटपुट रहेका निरक्षरहरुलाई साक्षर गराउन र साक्षर भइसकेकाहरुलाई आत्मनिर्भर सम्वन्धि सिपमुलुक तालिम ब्यवस्था गर्न सम्वन्धि पक्षसंग जोडदार माग गरेको छ । सो अवसरमा सिकाई केन्द्रका निवर्तमान अध्यक्ष चेतु भण्डारी, सल्लाहकार विष्णुप्रशाद पाण्डे लगायतकाले वोल्नु भएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0