सञ्चारकर्मी प्रिती स्वर्णकारको दंगाली सार्बजनिक

२०७५ श्रावण १४, सोमबार ०९:२३ गते २०७५ श्रावण १४, सोमबार ०९:२३ गते २०७५ श्रावण १४, सोमबार ०९:२३ गते

दाङ, १४ साउन
रेडियोमा अभिनयको कार्यक्रम प्रस्तुत गर्दै आएकी प्रिति स्वर्णकारले दंगाली नामक गित सार्बजनिक गरेकी छिन । दाङ जिल्लामा रेडियो मध्यपश्चिममा अभिनय तपाइको भन्ने कार्यक्रमको माध्यमबाट श्रोता माझ परिचय बनाउदै सबै माझ लोक प्रीय बनेकि स्वर्णकारले दंगाली लोकपप सार्बजनिक गरेकी हुन ।

रोल्पाको उवा गाबिस स्थित घुस्बाङमा जन्मेर दाङलाई कर्मथलो बनाउदै आएकि स्वर्णकारले जिल््लाका पर्यटकीयस्थलहरुलाई शब्दमा समेटेर दंगाली लोकपप सार्बजनिक गरेकी हुन । मीठो स्वरकी धनी सानै उमेर देखि कलाकारीता मन पराउनुका साथै रेडियो तथा टेलिभिजन मार्फत बिभिन्न कलाकारीता सम्बन्धि कार्यक्रम चलाउदै आएकि र बिभिन्न हास्यब्यङय सिरीयलहरुमा पनि अभिनय गर्दै आएकि स्वर्णकारले दाङ जिल्लामा रहेका बाह्रकुने दह , अम्बिकेश्वरी मन्दिर, पुरन्धारा झरना, सवारीकोट, चमेरे गुफा, गोरक्षनाथ मन्दिर, बिश्वकै अग्लो त्रिशुल धारापानी मन्दिर, जखेरा ताल ,  लगायतका साँस्कृतिक तथा पर्यटकीयस्थलको नाम समेटेकी छिन ।

स्वर्णकारकै शब्द र स्वर रहेको उक्त गितमा भने सन्तोष श्रेष्ठले संगीत भर्नुभएको छ । साथै धरानका राजेश सर्गम राईले स्वरमा साथ दिएका छन । रंगमञ्च नेपालको ब्यानरमा रहेको लोकपप सार्बजनिक भएको हो । आफ्नो पहिलो प्रयासलाई माया गर्दिनका लागि पनि गायिका स्वर्णकारले आग्रह गरेकी छिन ।

बरिष्ठ संगितकार बिपिन आचार्यले एरेञ्ज गरेको गितमा शब्द समायोजन युवा साहित्यकार पुरन बियोगले गरेका छन । एमबि म्युजिक स्टुडियो सामाखुशीबाट रेकर्डिङ भएको गीतलाई म्युजिक नेपालमा दर्ता गरी बजारमा ल्याइएको छ । गीतको भिडियो छिट्टै सार्बजनिक गरीने पनि गायिका स्वर्नाकारले बताएकि छिन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *