पत्रकारिता समाजको ऐना होः शीतल
पत्रकारिता क्षेत्रको एक नाम होः आर।के।शीतल । दंगाली पत्रकारितामा आउने धेरै नाममध्य उनी पनि एक हुन् । वि।सं। २०४७ साल फागुन ६ गते घोराही उपमहानगरपालिका वडा नम्बर १० (साविक नारायणपुर गाविस वडा नम्बर ३) धैरेनी (सिस्वानी) मा वुवा हरिबहादुर के।सी र आमा सुनिता केसीको पाँचौ सन्तानको रुपमा जन्मनुभएका शीतल एक दशकदेखी पत्रकारिता क्षेत्रमा हुनुहुन्छ । एभिन्यूज टेलिभिजनसँग आवद्ध शीतल नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष हुनुहुन्छ । राप्ती सन्देश अनलाईनका कार्यकारी सम्पादकको जिम्मेवारी पनि उहाँले सम्हालिरहनुभएको छ । प्रस्तुत त उहाँसँग देउखुरी टुडेका प्रबन्ध सम्पादक तथा प्रदेश अनलाइन खबरका सम्पादक दिपक वलीले गरेको कुराकानीः
१ सर्वप्रथम यहाँलाई स्वागत छ ।
धन्यवाद दिपक जी, तपाई र तपाईको पत्रिका देउखुरी टुडे साप्ताहिक परिवारलाई ।
२ आजभोली के मा व्यस्त हुनुहुन्छ ?
उही हो दैनिकी । पत्रकारितामै वितिरहेको छ । रिपोर्टिङमा हिड्यो । समाचार लेख्यो । सञ्चारमाध्यमबाट प्रसारण ग¥यो । त्यही नै हो । यसका साथै नेपाल पत्रकार महासंघका विभिन गतिवीधीहरु सञ्चालन भईरहन्छन् । आर्थिक वर्षको अन्त्यतिर पनि हामी छौ । पत्रकार महासंघले केही कार्यक्रमहरु पनि सम्पन्न गर्नुपर्ने छ । । ती गतिवीधीमा सहभागी भईरहेको छु ।
३ पत्रकारिता भनेको के हो ? आम जनताले बुझ्ने गरि बताईदिनुस् न ।
पत्रकारिता समाजको ऐना हो । यो ज्ञानको स्रोत हो । यसले समाजलाई विभिन्न विषयहरुको सुचना दिएर सकारात्मक दृष्टीकोण बनाउन मद्धत पुग्दछ । त्यही ज्ञान र सुचनामार्फत समाज अगाडी बढ्दछ ।
४ तपाई पत्रकारितामा कसरी आउनुभयो । पत्रकारितामा आउनु कस्को प्रेरणा हो ?
पत्रकारितामा आउनुको मेरो प्रेरणाको स्रोत भनेको त मेरो परिवार नै हो । मेरो अभिभावकहरुको साथ र सहयोग नभएको भए सायद म यहाँसम्म आईपुग्दैन थिए हो ।
परिवारमा पनि विशेष गरि मेरो दाई विनोद केसीको साथ र सहयोगले म यहाँसम्म आईपुगेको छु । यस्तै दाई सुशील केसी, दिदीहरु रमा केसी र सीता केसीले मलाई पत्रकारितामा आउन हरदम सहयोग गर्नुभयो । अहिले आएर जीवनसंगीनी नीमा बुढाथोकीको पत्रकारितामा मलाई पूर्ण सहयोग र साथ छ । यो सँगै मेरो आफन्तजनहरुको पनि सहयोग मैले निरन्तर पाएको छु ।
यसका साथै रेडियो स्वर्गद्धारी एफ।एम पनि मेरो प्रेरणाको एक माध्यम हो । स्वर्गद्धारी एफ।एम सुन्दा पत्रकारिताप्रति मोह बढेर गएको हो । घरमा रेडियो बज्दा बेलुकी ६ बजेको समाचार बज्दा यसैगरी समाचार पढ्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यो बेलामा विपुल पोख्रेल, सुदीप गौतम, निराजन खनाल, सन्तोष सुवेदी, बसुन्धरा गौतम, लोकराज अधिकारीले समाचार पढेको सुन्दा यसैगरी समाचार पढ्नुपर्छ बन्ने लाग्थ्यो । कार्यक्रमहरुमा पत्र पढाउने गर्थे । त्यो बेलामा प्रकाश प्रीय कुसुम्याको लोकसुशेली, प्रकाश रेग्मीको संगीत सरोबर, आदिम केसीको मधुवन लगायत माया देवकोटा र लीला देवकोटाको बाल कार्यक्रममा पत्र पठाउने गर्थे ।
२०६२ सालमा एलएलसी उतीर्ण भएपछि कक्षा ११ मा मावि नारायणपुरमा पढ्थे । त्यसैबेला नारायणपुरमा रहेको प्रगतिशील अशल शासन क्लब थियो । म त्यसै क्लबको सम्पर्कमा पुगे । नारायणपुरमा पूर्वतर्फको ब्रेकरदेखी उत्तरतर्फ कलाधर पौडेल दाईको घरमा क्लबको अफिस थियो । म क्लबको अफिसमा जाने किताबहरु पढ्ने गर्थे । त्यसैबेला विजौरीमा एक अशल शासन क्लबले पत्रकारिता तालिमको आयोजना ग¥यो । जसमा म प्रगतिशील क्लबको तर्फबाट सहभागी भए । क्लबका लीला देवकोटा, कलाधर पौडेल, विरेन्द्र आचार्य र भोला बुढाथोकीले मलाई त्यो तालिममा पठाउनुभयो । म तालिममा सहभागि भए । तालिमको प्रशिक्षकमा सुदीप गौतम र सरद अधिकारी हुनुहुन्थ्यो । उहाँहरुले तालिम दिनुभयो । त्यो बेलामा मेरो पत्रकारिताका गुरु सुदीप गौतमसँग परिचय भयो । उहाँसँग मैले मेरो पत्रकारिताप्रतिको रुचीको विषयमा जानकारी गराए । उहाँले एफ।एममा समाचार पठाउदै गर भन्नु भयो । मैले समाचार पठाउन थाले । पिसीओबाट फोन गरेर रेडियोमा समाचार टिपाउथे । पछि मोबाईल राख्न सुरु गरेपछि मोबाईलबाट नै समाचार टिपाउथे । बेलुका ६ बजेको समाचारमा आफूले पठाएको समाचारको अन्तीममा नारायणपुरबाट आर।के।शीतलले जानकारी दिनुभएको छ भन्दा खुसीको सीमा नै हुदैन थियो । केही महिना समाचार पठाएपछि आदरणीय गुरु सुदीप गौतमले मलाई रेडियोबाट समाचार सहयोगीको कार्ड दिनुभयो । कार्ड पाएपछि म पत्रकार भईहाले भन्ने लाग्यो । तर कार्डले मात्र हुदो रहेनछ । निरन्तर समाचार पठाउन थाले । त्यो बेलामा रेडियो स्वर्गद्धारीमा निरन्तर समाचार पठाए । करिब २ वर्षपछि घोराहीबाट प्रकाशीत हुने सूचनापत्र दैनिकमा मैले काम गर्न सुरु गरे । आदिम केसी त्यो बेला यस पत्रिकाको सम्पादक हुनुहुन्थ्यो । प्रकाशकमा वंशीकुमार शर्मा र नरेशजंग राना हुनुहुन्थ्यो । सम्पादक आदिम केसीको सहयोगबाट मैले पूर्ण रुपमा पत्रकारितामा काम गर्न सुरु गरे । जसमा लीला देवकोटा दिदीले पनि मलाई यस पत्रिकामा काम गर्नकालागि सहयोग गर्नुभएको थियो । यस पत्रिकामा लामो समय काम गरे । यससँगै रेडियो झरना एफ।एममा समाचार वाचकको रुपमा काम गर्न सुरु गरे । एफएमका स्टेशन म्यानेजर योगेन्द्र बस्नेतलले मलाई फोन गरेर रेडियोमा समाचार वाचकको रुपमा काम गर्न आउनुप¥यो भाई भन्नु भयो । म दोस्रो दिन आएर एफएममा काम गर्न सुरु गरेको हुँ । झरना एफएममा हुदाँ समाचार शाखाका अग्रज योगेन्द्र बस्नेत, गणेश वली, अमर क्षितिज भण्डारी, सहकर्मीहरु जनक नेपाली, जनक नेपाल, पुनम घर्ति, विमला घर्तिसँगको सहकार्यले पनि मलाई अगाडी बढ्न सहज बनायो । रेडियो पत्रकारिता मलाई गणेश वली दाईले सिकाउनुभएको हो । गोरक्ष दैनिक, रेडियो स्वर्गद्धारी एफएममा पनि लामो समयसम्म काम गरेको अनुभव छ । अहिले एभिन्यूज टेलिभिजनमा रिपोर्टिङ गरिरहेको छु । म यहाँसम्म अँईपुग्दा धेरै अग्रज व्यक्तीहरुको साथ र सहयोग छ । मलाई पत्रकारिताको सुरुवातदेखी नै अहिलेसम्म निरन्तर सहयोग गर्ने आदरणीय गुरु जसलाई मैले दाई भनेर सम्वोधन गर्छु । सुदीप गौतम लगायत विपुल पोख्रेल, आदिम केसी, गजेन्द्र बोहरा, देवेन्द्र बस्नेत, बसुन्धरा गौतम, सन्तोष सुवेदी, सुलोचना गौतम, पार्वति बस्नेत, गणेश वलीको साथ र सहयोग मलाई निरन्तर अहिलेसम्म पनि जारी छ । यसैले मलाई अगाडी बढ्नकालागि निरन्तर सहयोग गरेको छ । यी सबैको साथ र प्रेरणाले मलाइृ अगाडी बढ्न मद्धत पु¥याएको छ ।
५ पत्रकारितामा तपाईका संघर्षका दिन कसरी सम्झनुहुन्छ ?
संघर्ष त धेरै नै गरियो । जुनसुकै क्षेत्रमा पनि संघर्ष त आवश्यक छ नै । त्यस्तै पत्रकारितामा पनि सुरुसुरुमा धेरै समस्या र चुनौति पार गर्नुप¥यो । मैले पत्रकारितामा काम गर्न सुरु गर्दा मासिक १५ सय रुपैया तलबमा काम गरेको हुँ । जतिबेला म स्नातक तह पढ्थे । विहान कलेज अनि दिउसो पत्रिकामा काम गर्न आउथे म । दिनमा २ दोहोर गरेर म नारायणपुरबाट आउनेजाने गर्थे । त्यो पन्ध्र सयले मलाई गाडीभाडा पनि पुग्दैन थियो । त्यो बेलामा आर्थिक समस्या भोगियो । तर घरपरिवारको साथ र सहयोगले त्यतिधेरै समस्या भरि भएन । त्यो सँगै रेडियोमा काम गर्न सुरु गरेसँगै पढाईमा असर ग¥यो । जतिबेला पनि एफएममा काम गरेको छ । पढ्ने समय नै नहुने । भनेको समयमा तलब नपाउने समस्याले पनि खुबै सतायो । तर आजसम्म मैले काम गरेको मिडियाबाट तलब नपाएको भने छैन ।
पत्रकारितामा यी समस्या त सामान्य नै हुन् । संघर्षका कुरा गर्दा हाम्रो संघर्षलाई त म केही पनि होईन भन्छु । किनकी आम्रा अग्रजहरुको पत्रकारिताको अनुभव सुन्दा त हामीले केही समस्या नै भोगेका छैनौ, संघर्ष गरेकै छैनौ जस्तो लाग्छ । प्रविधी नहुदा हुलाकमार्फत समाचार पठाउनुपर्ने बाध्यतादेख द्धन्द्धकालमा हाम्रा अग्रजहरुले भोग्नुपरेका समस्यालाई हेर्दा त हाम्रो संघर्ष त कुनै एक छेउ पनि होईन भन्ने मलाई लाग्छ ।
६ छोटो समयमा नै नेपाल पत्रकार महासंघको कोषाध्यक्ष जस्तो पद सम्हाल्नुभएको छ । यहाँसम्म कसरी आईपुग्नुभयो ?
अघिल्ला कोषाध्यक्षहरुको उमेरलाई हेर्ने हो भने म कम उमेरको हुला सायद । म पत्रकारितामा आएको करिब २०६३ तिरबाट हो । महासंघको सदस्यता २०७० सालमा प्राप्त गरे । सदस्यता पाएको वर्ष नै म पत्रकार महासंघको कार्यसमितिको सदस्यकालागि निर्वाचनमा गए । मलाई म आवद्ध सञ्चार संगठन नेपाल प्रेस युनियनले कार्यसमिति सदस्यको उमेद्वार बनायो । निर्वाचनमा सहभागि भईयो । विजयी पनि भए । त्यो बेलामा म १ मतको फरकले विजयी भएको थिए । सुदीप गौतमको नेतृत्वमा रहेको त्यस कार्यकालको समय २०७३ फागुनमा सकियो । महासंघको १० औँ अधिवेशनले फेरि नयाँ नेतृत्व चयन गर्ने भयो । जसमा नेपाल प्रेस युनियनले मलाई कोषाध्यक्षको उमेद्वार बनायो । सायद म कार्यसमिति सदस्य हुदाँको क्रियाकलापले होला । यसले काम गनृ सक्छ भन्ने सबै अग्रज एवं साथीहरुमा परे होला । तपाईहरु सम्पूर्ण पत्रकार मित्रहरु, अग्रज व्यक्तीत्वहरु लगायत सबैको साथले विजयी भए । अहिले कोषाध्यक्ष पद सम्हालेको १५ महिना भयो ।
७ संस्थागत रुपमा हेर्दाखेरी कोषाध्यक्ष पद अलि संवेदनशील हो । आर्थिक पाटोको जिम्मेवारी हुन्छ नि है ?
खासै संवेदनशील जस्तो त लाग्दैन । संस्थामा पारदर्शिता भयो भने कुनै किसिमबाट समस्या नै आउदैन । कोषाध्यक्षले आर्थिक विषय हेर्नुपर्ने भएकाले केही गम्भीर त हुनैपर्छ । अध्यक्ष सविन प्रीयासन लगायत कार्यसमितिका साथीहरु एवं तपाई जस्ता साथीहरु सबैको साथ र सहयोग भयो भने कुनै समस्या नै छैन ।
८ आजभोली पत्रकार र पत्रकारितामाथी विभिन्न प्रश्नहरु एठ्ने गरेका छन् नि, यो विषयलाई कसरी हेर्नुभएको छ ?
पत्रकारिता र पत्रकारहरुबाथी प्रश्न उठ्नु स्वभाविक हो । किनकी जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेको विषयमा नै सबैको ध्यान जाने हो । जसले काम गर्छ उसैका कमी कमजोरी पनि हुन्छन् । अर्को कुरा पत्रकारिता भनेको समाजलाई सकारात्मक मार्गमा हिडाउने एक माध्यम पनि हो । समाजका सबै राम्रा मान्छे पनि छैनन् केही नराम्रा पनि छन् । जसले नियम कानुन विपरित काम गर्न चाहन्छन् तर त्यसको विरुद्धमा पत्रकारहरुले कलम चल्छ समाचार बाहिर आउछ । अनि त्यस्ता व्यक्तीले पत्रकार र पत्रकारितालाई कसरी राम्रो मान्छ र ? तर पत्रकारहरुमा पनि केही समस्या भने पछिल्लो समयमा देखिएका छन् । ती समस्यालाई समाधान गरेर अगाडी बढ्न आवश्यक छ ।
९ पत्रकारिताबाट मात्र बाच्न सकिन्छ ?
सकिन्छ किन नसक्ने । नसक्ने भएको भए त आजसम्म कोही पत्रकार नै जिवीत रहन्न थिए होला । पत्रकारितामा पहिलेदेखी नै हे हल्ला चल्यो भने पैसा छैन, कमाई हुन्न भन्ने हल्ला अलि बढि भयो । तर पत्रकारिता गरेर जिवन विताएका अग्रज व्यक्तीहरु पनि हामीमाझ हुनुहुन्छ । पत्रकारिता गरेर महिनामा लाखसम्म कमाउने साथीहरु प्नि हुनुहुन्छ । बाँच्नकालागि क्षमता विकास गर्न आवश्यक छ । क्षमता सिप र दक्षाता भयो भने पत्रकारितामा बाँच्न कुनै गाह्रो नै छैन ।
१० पछिल्लो समय पत्रकारितामा आएका नयाँ पत्रकारहरुलाई के सल्लाह दिनुहुन्छ ?
नयाँ साथीहरुलाई मेरो सल्लाह के छ भने स्वतन्त्र पत्रकारिता गर्नुस् । क्षमता विकास गर्नुस् । पत्रकार हुँ भन्दैमा मात्र तपाईलाई कसैले स्वीकार्दैन । पत्रकार हुँ भन्नकालागि पत्रकारिता गनुैस् । पत्रकारिता गर्नुभयो भने तपाईलाई समाजले पत्रकार रुपमा हेरिहाल्छ नि । नयाँ साथीहरुमा के समस्या भयो भने आफूलाई पत्रकार हुँ भन्नुमा नै गर्व भयो के । समाचार, पत्रकारिताको धरातलबाटै, आधारभुत विषयबाटै सिकेर आउनुस् । समाजको वास्तविकतालाई बाहिर ल्याउनुस् । प्रचारबाजी भन्दा पनि समाजको आवश्यकतालाई बुझेर पत्रकारिता गर्नुभयो भने तपाई पक्कै सफल हुनुहुनेछ ।
११ अन्त्यमा ?
अन्त्यमा पुनः एक पटक तपाई र तपाईको यो देउखुरी टुडे साप्ताहिक पत्रिकाप्रति हार्दिक आभार । मेरो अनुभव र पत्रकारिताका विषयमा केही कुरा राख्ने सुनौलो अवसर दिनुभयो । यस पत्रिकाको निरन्तरताको कामना पनि व्यक्त गर्न चाहन्छु । धन्यवाद ।
Views: 0