लमही आँखा अस्पतालका विषयमा सञ्चारकर्मी सँग छलफल

२०७५ श्रावण २६, शनिबार १४:२६ गते २०७५ श्रावण २६, शनिबार १४:२६ गते २०७५ श्रावण २६, शनिबार १४:२६ गते

ओमप्रकाश गुप्ता
लमही २६ साउन । आँखाको अन्धोपन निवारणका लागि सञ्चारकर्मीहरुको भुमिका महत्वपूर्ण रहने शनिवार लमहीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेत्रज्योती संघ दाङद्धारा सञ्चालित लमही आँखा अस्पतालको आयोजनामा ६ महिने लक्ष्य तथा प्रगति विवरण सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन् । साथै उनीहरुले पत्रकारहरु समाजको ऐना भएकाले गाउँगाउँ तथा ग्रामीण बस्तीमा गई सत्य तथ्य समाचार दिने भएकोले लमही आँखा अस्पतालले गरेका सकारात्मक कार्यहरु पनि जनता माझ पुयाउन पनि अनुरोध गरेका थिए । अस्पतालमा भबनको अभावमा पनि आँखा उपचार तथा कानको पनि सेबा दिनु परिरहेको भन्दै अब नेपाल सरकारले पनि आफ्नो सेवाका लागि टेवा दिनुपर्ने भनाई राखेका थिए । आँखामा केही समस्या देखिएमा धेरै जसोले घरमै उपचार गर्ने बानी रहेकाले समस्या हुने गरेको भन्दै तत्कालै लमही रातोडाँडामा आउन पनि आयोजकले देउखुरीबासीहरुलाई आग्रह गरेको छ । उसले लक्ष्य भन्दा १५ प्रतिशतले बढीको सेवा दिइएको बताइएको थियो । ६ महिनाको अवधीमा झन्डै २२ लाख बढीको आँखा उपचार,३ लाखको निशुल्क अप्रेसन सेवा,१ लाखको मोतियाबिन्दु अप्रेशन गरेको बरिष्ठ प्रशासकीय अधिकृत सम्सेर थापाले जानकारी दिएका छन् । संघका दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षयता तथा संघका केन्द्रीय सचिब भरत चन्दको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संघका सल्लाहकार खड्कबहादुर चौेधरी ,लेखा संयोजक शेखर शर्मा ,फिल्ड कोडिनेटर हुकुम पोख्रेल ,पत्रकार दशरथ घिमिरे ,चुमा आचार्य लगायतकाले बोलेका थिए । संघका सल्लाहकार रेशमबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संघका सदस्य लिला शाहले गरेकी थिइन् । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी लमही उपशाखाका सभापती थानेश्वर गैरेले १ थान हृयलचियर आँखा अस्पतालका लागि दिएका छन् । भने ४५ वटा बिभिन्न बिरुवा पनि रोपिएको थियो । २०७१ सालमा स्थापना भएको संस्थाले उक्त सेवा वाहेक जनचेतनामुलक कार्यक्रम तथा आँखाको शिविर पनि सन्चालन गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *