??गजल ३९२??
सम्झी तिमिलाई रुने मेरो बानी भएपछि
घात दियौ जब आखाको नानी भएपछी
दु:खमा नै जिवन टर्ने रहेछ जस्तो लाग्छ
मनमा कहिले नमेटिने छुट्टै कहानी भएपछी
बुझ्ने कोहि छैनन स्वार्थ लुट्छनमात्र सबै
के सपना देख्नु आखिर खरानी भएपछी
कहाँ सम्म पुग्छ यात्रा भरोसा छैन आफ्नै
संसार अन्धकार दुखी जिन्दगानी भएपछी
समिप शिशिर ?
स्वर्गद्वारी नगरपालिका
८ प्युठान
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0