कृष्णहरि शर्मा
(प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) – जिल्ला प्रहरी कार्यालय दाङ)
प्रदेश नम्बर १ अन्तरगत सुनसरी जिल्ला निवासी कृष्णहरि शर्माले २०५२ साल देखि प्रहरी निरिक्षक पदबाट जागिर सुरु गरेका हुन् । शर्मा एमविए÷एलएलवी अध्ययन गरेका उनी हाल जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक(एसपी) पदमा रहेका शर्मा संग देउखुरी टुडेका प्रबन्ध सम्पादक दिपक वलीले गर्नुभएको भलाकुसारीको सारसंक्षेप -सम्पादक
सर्वप्रथम दाङमा र यस देउखरी टुडे साप्ताहिकको भलाकुसारीमा यहाँलाई स्वागत छ ।
धन्यबाद ।
केही दिन अगाडी मात्रै जिल्लाको कमान्ड गर्न दाङमा आउनुभएको छ यो दाङको परिवेशमा यहाँलाई कस्तो लागिरहेको छ ?
अब म काम गर्न आउने मान्छे हँु परीबेश कस्तो लाग्ने भन्दा पनि दाङ शान्ति पूर्ण जिल्ला हो र यहाँका मान्छे अलि समझदारै छन् भन्ने हाम्रो अनुभव छ र ठिकै छ ।
प्रहरी मेरो साथी भन्ने यो नारा आइसके पछि पत्रकारहरुले प्रहरीसंग बिभिन्न किसिमका उच्च अधिकारीहरुसंग ब्यक्तिगत सम्बन्ध राख्न हुँदैन भन्ने कुरा गाइगुई सुनिन्छ यसको विषयमा केही भन्नुहुन्छ कि ?
सम्पर्क राख्ने भन्ने हुँदैन प्रहरी मेरौ साथी भनेकै समाजमा सबै ब्यक्तिहरु नै साथी हुन र साथी जस्तो ब्यबहार गर्नु पर्छ र साथी जस्तो ब्यबहार भन्नाले फेरी अपराध गरेर पनि साथी जस्तो ब्यबहार गर्ने भन्ने होइन् अपराध अनुसन्धान नियन्त्रण र समाजमा हुने सूचनाहरु साथीको जस्तो हिसावले प्राप्त गर्ने र काम गर्नु पर्छ भन्ने हो सम्बन्ध राख्ने हुन्छ हँुदैन भन्ने होइन् त्यो गलत हो तर सूचना लिने पत्रकारले सूचना लिने बिषयमा ब्यक्तिसंग लिने होइन् । सूचना अधिकारीबाट सूचना लिने हो ।
अब दाङलाई पूर्ण रुपमा शान्ति सुरक्षा दिलाउन के कस्तो अल्पकालिन र दिर्घकालिन सुरक्षा रणनीतिहरु अपनाउनु भएको छ ?
शान्ति सुरक्षा दिलाउन सुधार गर्नको लागि त हामी इमान्दारी पूर्वक कानून अनुसार गर्नु पर्ने कामहरुमा हामी ध्यान दिएर बढी जिम्मेवार भएर हामी काम गर्छौं । म योजना बनाउने योजना बिभागको मान्छे पनि होइन् । हामीले अपराध कस्तो छ र त्यसलाई रोकथाम नियन्त्रण गर्न के गर्नु पर्छ भनेर हामी त्यो अध्ययन गरेर के गर्नु पर्छ त्यही अनुसार गर्छौ र मुख्य काम भनेको अनुसन्धान अपराध हुन नदिने र अपराध भैहाल्यो भने पनि त्यसको सफल अनुसन्धान गर्न तर्फ हामी लाग्छौं ।
दाङमा अपहरण हत्या, लुटपाट, बलात्कारी जस्ता धेरै घटना भएका छन् २५÷३० वर्ष पहिलेका अपराधि पनि पक्राउ परेका छन् तर सञ्चार उद्यमि हेमराज धितालको हत्याको विषयमा जुन प्रहरी अफिसर आएपनि अनुसन्धान भइरहेको छ भन्छन् तर यो केस के भइरहेको छ र हजुर यो भन्दा पहिला सिआइबिबाट आउनुभएको हजुरलाई यसको बारेमा पनि धेरै कुरा थाहा होला र अव हत्यारा कहिलेसम्म पत्ता लाग्छ र के हजुरले धिताल हत्यारालाई पक्राउ गरेर सार्वजनिक गर्न सक्नुहुन्छ ?
अब हेर्नुस समाज भित्र अपराध हुन्छ र अझ राम्रो रुपमा भन्ने हो भने समाजका अन्य ब्यक्तिहरु र हामी प्रहरी मिलेनौ भने त्यो अपराधको बिषयमा केही गर्न सक्ने हवस्था रहदैन । कसरी भने तपाई समाजमा हुनुहुन्छ र अपराध तपाई बीचमा भयो । जव त्यो अपराध भएको सूचना र अपराधका अगाडिका प्रकृतिका कुराहरु खबरहरु त्यहाँ भएका समाजका ब्यक्तिहरुले प्रहरीलाई भन्दैनन् या प्रहरीले सोधे पछि लुकाउछन् या बिभिन्न अवस्थाहरु हुन्छन् त्यस्ता अवस्थाहरुमा अनुसन्धान प्रहरीको हुन्छ त्यो मात्र होइन् अरु पक्षहरु पनि छन् तर मुख्य पक्ष भनेको समाजका ब्यक्तिहरु हुन । एउटा त्यो कारणले पनि ढिलो भैरहेको हुन्छ । बिभिन्न निकायहरुसंग काम गर्नुपर्ने हुन्छ उनीहरुबाट पनि जानकारी प्राप्त नहुने कारणहरुले पनि हुन्छ तर अब कस्तो छ भने सबै कुराहरु तुरुन्तै पत्ता लाग्छ भनेर भन्न सकिने अबस्था हुँदैन हामी लागि रहेकाछांंै पत्ता लाग्नुपर्छ र लगाउने छौं भन्ने विश्वासले हामी लगातार लागि रहेकाछांै । जबसम्म पत्ता लाग्दैन तबसम्म केही भन्न मिल्दैन ।
दाङमा खोलानाला बाटाहरु निर्माण हँुदा हँुदै त्यस्तै अलपत्र रुपमा छन् त्यसले गर्दा पनि धेरै सवारी दुर्घटना भइरहेको छ र आज भोलि त झनै बर्खायामले गर्दा बाइक र स्कुटिहरुले त यात्रा गर्नै नसक्ने अवस्था छ, यसलाई कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
मैले भनेको ब्यबस्थापन गर्ने होे त्यो खाल्टा खुल्टि, पुल पुलेसा, बाटो घाटो बनाउने काम सडग बिभागको हो अब उसले बनाइदिए दुर्घटनाहरु कम हुन्छ । अब त्यो अबस्थाहरुमा हामीहरुले समायोजन गर्ने हो तपाइहरुले देखिरहनु भएको छ खोला बढ्ने बित्तिकै खोलाको दुइ किनारमा प्रहरी बसेर डिउटि गर्छ र खोला सानो भएपछि बल्ल जान दिन्छ यसरी नै हामीले जहाँ जस्तो अबस्था छ त्यसरी नै ब्यबस्थापन गर्ने हो । बरु सम्बन्धित निकाय जसले यो काम गर्नुपर्ने हो त्यो निकायलाई हामीले घच–घचाउने काम पनि गर्छौ भन्ने काम पनि गर्छौ तपाइहरु पनि गर्नु होला सबै जना गरौ सबैले आ–आफ्नो लेभलबाट काम ग¥यौ भने सबै राम्रो हुन्छ ।
यो भन्दा अगाडि यो बाटो, पुल बनाउने ठेगदारहरुलाई पक्राउ गरी यो बाटो बनाउने समय मागेर त्यो समय भित्र काम सक्ने सर्तमा छोडिएको थियो यो कुरा हजुरलाई थाहा छ कि छैन र यसको बारेमा के भैरहेको छ बताइदिनुसन् ?
मलाई पूर्ण जानकारी छ त्यो गर्नुपर्ने गराउनुपर्ने निकाय अर्कै निकाय हो त्यो निकायले यसले काम गरेन वा यसले काम गर्न ढिला ग¥यो भनेर हामीलाई लेखेर आयो भने हामी जुनसुकै ठेकदारलाई पनि कार्बाही गर्न हामी पछाडि पर्ने छैनौ तर मैले के गर्ने त्यो इन्जिनियरीङ सेक्टर भयो त्यो मसंग छैन त्यस कारणले त्यो पुलको सडग बिभागले गर्ने वाला उसले हेर्नु प¥यो । उसलाई टेरेन ठेकदारले भने त्यसलाई कसरी ठाँउमा ल्याउनु पर्छ मेरो काम भयो । तर डिल त सडग बिभागले गर्ने हो नी तपाईले यो प्रश्न त सडग बिभागलाई सोध्नु पर्ने हो ।
नेपालीहरुको महान् चार्डहरु नजिकिदै गर्दा गुण्डा गर्दि मैलाउने अप्रिय घटना हुने जस्ता कामहरु हुन्छन् यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ र गाउँ–गाउँमा पनि प्रहरी परीचालन गर्नु हुन्छ र जनताले आफ्नो सुरक्षा कसरी अनुभव गर्ने छन् ?
चार्ड पर्वहरुमा अलिकति मान्छेहरुको आवत जावत बढ्छ र अलिकति घटनाहरु घट्छन त्यो अनुसार हामी अलि बढी सतर्क रहन्छौं जस्तो माग बढ्छ । गाउँ–गाउँमा त प्रहरी पुगेकै छन् सबै छ । कतै–कतै झगडा हुन सक्छ घटना घट्न सक्छ भनेर त्यही अनुसार हामीले प्रहरी परीचालन गर्छौ र कुनै पनि अप्रिय घटना नहुने वातावरण हामी मिलाउछांै ।
प्रहरीले केही गल्ती ग¥यो भने अञ्चलबाट कार्वाही गरीन्थ्यो जिल्लामा हुँदैनथ्यो तर पछिल्लो समयमा आउनुभएका प्रहरी प्रमुखहरुले त जिल्लाबाटै कार्वाही सुरु गर्नुभयो यसमा हजुरको बिचार के छ र हजुरले के गर्नु हुन्छ ?
प्रहरीलाई जिल्लामा होइन् चौकीमा पनि चौकीको इन्चार्जले पनि आफ्नो जुनीयरलाई कार्बाही गर्ने कानून छ । त्यस कारणले गर्दा कार्बाही जिल्ला प्रहरी कार्यालयले होइन् चौकीले पनि गर्न सक्छ । तपाइले खै अब अञ्चलबाट भन्नुभयो । त्यो मलाई थाहा भएन तर जेहोस् गलत नियतले कसैले काम गर्छ भने त्यसलाई म कार्बाही गर्छु । तर कहिले काही काम गर्दा गर्दै पनि गल्ती हुन सक्छ असल नियतले काम गर्दा कहिकतै गलत भएको रहेछ भने त्यसलाई त्यही अनुसार गर्छु ।
जनतालाई नयाँ कानूनको जानकारी कसरी दिन सकिन्छ ?
यो मेरो काम होइन् तर पनि कानून थाहा नपाएको कारणले मान्छेहरुले गल्ती गरी सकेपछि त्यसलाई सजाएको भागिदार बनाउन हामीले ल्याउनै पर्ने हुन्छ । मेरो काम होइन् कतातिर कसको काम हो त्यतातिर तपाईहरुले ध्यान दिनुहोला । हामी हाम्रो हिसावले लाग्ने हो र पुगेसम्म प्रचार प्रसारमा हामी जुट्ने हो ।
पत्रकारलाई पनि अनुमति बिना भिडियो र फोटो खिच्न नपाउने भन्ने नियम छ यो कसरी लागु हुन्छ र त्यो कानून पनि लागु भयो भने त भ्रष्टाचारीहरुले त तैले भ्रष्टाचार गर्दै छस म भिडियो खिच्छु भनेर त अनुमति दिदैन यसले गर्दा त झन देशलाई नकारात्मक असर पर्छ यसको बिषयमा प्रष्ट पारीदिनुस् न ?
तपाइले एउटा कुरा के बुझ्नुस भने सार्वजनिक रुपमा फोटो खिच्न पाइन्छ । तपाईहरुले बिचमा मान्छेको स्वतन्त्रतामा धेरै हस्तक्षप गरेको हुनाले यो आएको हुन सक्छ । धेरै कुराहरु पत्रकारहरुले पनि आफू अनुसासनमा हुनुहुन्छ कि हुनुहुन्न पहिले त्यो हेनुस् तर अब यो सार्वजनिक पद धारण गरेको सार्वजनिक स्थानको हकमा लागु होईन् । ब्यक्तिगत हक र ब्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नको लागि हो यो त्यस कारणले सार्वजनिक कुराहरुमा फोटो खिच्नलाई केही फरक पर्दैन तर ब्यक्तिगत म कार्यालय प्रमुख हो यहाँको एसपी हो तर मेरो पनि त ब्यक्तिगत जिवन छ नित त्यो मेरो ब्यक्तिगत जिवनको उजागर गर्न पत्रकार भएको कारणले मेरो बेडरुममै छिर्नु पर्छ बाथरुममै छिनुपर्छ भन्ने अधिकार त तपाइले माग्नु पनि त हुन्न होला नि त । हो त्यस कारणले ब्यक्तिगत कुराहरुको हकमा तपाइहरुलाई बन्देज हो सार्वजनिक कुराहरुमा त्यो लागु हुँदैन ।
अन्त्यमा मैले सोध्न छुटाएको र हजुरले भन्न खोजेको केही छ की ?
अब म सबैलाई त्यही एउटै कुरा भन्ने गर्छु जो–जो समाजमा हुनुहुन्छ उहाँहरुकै बीचमा अपराध बढ्छ, समाजकै बीचमा अपराध बढ्छ र अपराध एकैचोटी घट्दैन विस्तारै त्यसको विकास हँुदै जान्छ अनि अन्तिममा घटना घट्छ । त्यस कारणले गर्दा खेरी त्यो प्रत्येक अवस्थाहरु पनि त्यो समाजका ब्यक्तिहरुले अनुभव गरीरहनुभएको हुन्छ, त्यो जानकारी लिइरहनुभएको हुन्छ सबै थाहा हुन्छ उहाँहरुलाई र त्यो सूचना जबसम्म हामीलाई आउदैन तबसम्म हामीले काम राम्रोसंग गर्न सक्दै नौ त्यस कारणले म उहाँहरुलाई के भन्छु भने त्यस्ता सूचना र शंका केही लाग्यो भने हामीलाई अथवा प्रहरीलाई खबर गरीदिनुहोला अब अलिकति गोप्यता कायम गर्नुपर्ने हुन्छ तेले गर्दा मलाई नै खबर गर्दिनु र मैले गोप्यता कायम गर्छु र मेरो नम्बर ९८५७८०५५५५ मा मलाई नै फोन गर्दिनु होला कुनै पनि घटना समाजमा एकैचोटी घट्दैन त्यसैले कुनै पनि मान्छे कुनै अपराधिक क्रियाकलापमा लागेको छ र कुनै संङकास्पद देखिदै गए भने र दिउँसो देखा नपर्ने र राति–राति मात्र देखिने र अन्य नचिनेका नचिनेका ब्यक्तिहरु लिएर आउने यी यावत कुराहरुले गर्दा अपराध बढ्छ । त्यसैले बिभिन्न किसिमका अनुभवहरु समाजमा गरीएका हुन्छन त्यसैले समयमै मलाई जानकारी गराइदिनुहोला भन्न चाहान्छु । यति भयो भने तपाईहरुकै समाज अपाराध मुक्त हुन्छ र राम्रो हुन्छ त्यस कारणले गर्दा नागरिकले प्रहरीलाई सहयोग गरीदिनुहुन अनुरोध गर्दछु ।
(साभार – देउखुरी टुडे राष्ट्रिय साप्ताहिक)
Views: 0