निर्मला पन्तको न्यायका लागि भालुवाङमा विरोध कार्यक्रम

२०७५ आश्विन १, सोमबार ०२:३८ गते २०७५ आश्विन १, सोमबार ०२:३८ गते २०७५ आश्विन १, सोमबार ०२:३८ गते

ओमप्रकाश गुप्ता
भालुवाङ १ असोज । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै आइतवार बेलुका राप्ती गाउँपालिकाको भालुवाङ पुलचोकमा विरोध प्रर्दशन गरिएको छ । राप्ती गाउँपालिकाका क्रियाशिल संघसस्था, अधिकारकर्मी, पत्रकार, युवा, विद्यार्थी, उद्योगी व्यापारीहरुको सहभागीतामा पुल्चोक तीनकुने चोकबाट निस्कीएको विरोध ¥यालीले पुरानो भालुवाङ बजार हुदै उन पुल्चोक तीनकुनेमा आइसभा गरेको थियो विरोध सभालाई सम्बोधन गर्ने बक्ताहरुले पन्तको हत्या भएको ५०ं दिन भन्दा बढी भइसक्दा पनि राज्यले वास्तविक दोषीलाई पत्ता लगाउन नसकेको भन्दै आक्रोस व्यक्त गरेका थिए । साथै उनीहरुले ओली सरकार बलत्कारी सरकार भएको भन्दै राजीनामा समेत गरेका थिए । उनीहरुले प्रशासनले वास्तविक दोषीलाई बचाउन खोजेको र निर्दोषलाई फसाई सजाय दिएको भन्दै कडा आलोचना गरेका थिए । निर्मला पन्तको परिवारले जव सम्म न्याय पाउदैन तव सम्म आन्दोलन नरोकिने समेत चेतावनी दिएका छन् । सभालाई अधिकारकर्मी होमप्रसाद शर्मा ,पत्रकार महेश रिजाल,ओमप्रकाश गुप्ता ,जमिर शाहा,इन्द्रेणी युवा क्लवका अध्यक्ष भिम मरासिनी , ग्लोबल युथ क्लवका अध्यक्ष रमेश कडेल, सदस्य सुशिला आर्चाय, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, न्यू राप्ती कला केन्द्रका अध्यक्ष माधव बेल्वासे लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन अशोक बेल्वासेले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *