राप्ती गाउँपालिकामा राँगा भनी भैसीको मासु बिक्री गर्न खोजेको भन्दै मासु जफत

२०७५ आश्विन ४, बिहीबार ०५:५० गते २०७५ आश्विन ४, बिहीबार ०५:५० गते २०७५ आश्विन ४, बिहीबार ०५:५० गते

ओमप्रकाश गुप्ता
भालुवाङ ४ असोज । राप्ती गाउँपालिका अन्र्तगत पशुसेवा शाखाको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ३ बाघढढ्डीको एक मासु पसलबाट राँगा भनी भैसी बध विक्रीका लागि तयारीमा रहेको मासु नियन्त्रणमा लिएको छ । बाघढढ्डीका सन्त कामीले विरामी तथा बस्तीको विचमा, मासु विक्री वितरण मापडण्ड विपरित भैसी बध गरी राति ४ बजे विक्रीको लागि तयारी अवस्थामा राखेको मासु टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको करिब २ सय केजी मासुलाई नष्ट गरिएको छ । गाउँपालिकाले नागरिकहरुलाई स्वस्थ मासुजन्य पदार्थ खाने ब्यवस्थाको लागि मासु बिक्री वितरण गर्ने ब्यवसायीलाई पशु चिकित्सक वा पशुसेवा प्राविधिकलाई चेकजाँच गराई,सुर्योदय पछि र सुर्यास्थ अघिमात्र भाले पशु चौपाया बध गरी ब्यवस्थित बधशालामा मासु डि फ्रिजमा राखी मुल्य सुची सहित फ्रेस हाउसले स्थानिय निकाय वा घरेलु तथा साना उद्योगमा दर्ता गरी मात्र विक्री वितरण गर्न पाइने ब्यवस्था गर्न अनुरोध समेत गरेको छ । पशुसेवा शाखाले नियमित रुपमा बधशालाहरुको अनुगमनलाई तिब्रता दिइरहेको पशुसेवा शाखा प्रमुख हेमराज आचायले जानकारी दिएका छन् । अनुगमन टोलीमा पशु चिकित्सक डाक्टर सबिना पौडेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल, पशु सेवा शाखा प्रमुख हेमराज आचार्य, शेर बहादुर हमाल, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रतिनिधि सुरेन्द्र अधिकारी, नरेन्द्र खत्रि, राजनितिक पार्टीका प्रतिनिधि तथा स्थानिय नागरिकको सहभागीतामा रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *