निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसक्नु दुखद कुरा हो ः प्रदेश सांसद जिसी

२०७५ आश्विन ४, बिहीबार १३:३६ गते २०७५ आश्विन ४, बिहीबार १३:३६ गते २०७५ आश्विन ४, बिहीबार १३:३६ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ४ असोज । प्रदेश नम्बर ५ का प्रदेश सांसद तारा जिसीले कञ्चरपुरकी १४ वर्षिया बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसक्नु दुखद कुरा भएको बताएकी छिन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ राप्ती गाउँपालिकाले निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै विहिवार भालुवाङमा आयोजना गरेको विरोध कार्यक्रालाई सम्बोधन गर्दै दुख प्रकट गरेकी हुन् । प्रमुख अतिथि समेत रहेकी जिसीले महिलाहरु माथि दिनहु हुने बलत्कारको घटनालाई सरकारले नियान्त्रण गर्न नसेको बताएकी छिन् । सांसद जिसीले संघियताका कारण अहिले देशमा अराजकता मचिएको बताएकी छिन् । निर्मलाका हत्यारा सरकार पक्षको हुन सक्ने भन्दै हत्यारालाई सरकारले बचाउन खोजेको आरोप समेत लगाएकी छिन् । उनले हत्यारालाई कानुनी कटघरा सम्म नल्याउदा सम्म आन्दोलन नरोकिने समेच चेतावनी दिएकी छिन् । उन हत्यारालाई हदै सम्मको कारवाहीको माग समेत गरेकी छिन् । महिला संघकी अध्यक्ष कमला बेल्वासेको अध्यक्षतामा भएको विरोध सभा कार्यक्रममा नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी,राजमो राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल, प्रगतीशिल पत्रकार संघ नेपालका जिल्ला अध्यक्ष महेश रिजाल, समाजसेवी गणेश केसी, उर्मिला पोख्रेल र पञ्च भुसाल लगायतका वक्ताले बोलेका थिए । कार्यक्रमको सञ्चालन पुर्णिमा आचार्यले गरेकी थिइन् । कार्यक्रम सुरु हुनु अघि भालुवाङ पुलचोक बजार समेत परिक्रम गरिएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *